Trending
Prev Story
Next Story

दुई पुनर्बीमाको सेयरमा किन एकाएक बढ्यो आकर्षण ?

Onlinekhabar •
November 04, 2026 • 10:01 AM
2
2 reads 0 reactions

१८ कात्तिक, काठमाडौं । बुधबार सेयर बजारमा सबैभन्दा धेरै मूल्य बढेका कम्पनी हुन्– नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स । नेपाल रिइन्स्योरेन्सको मूल्य १५ प्रतिशत बढ्यो भने अर्को हिमालयन रिको ११.४८ प्रतिशत बढ्यो । यी दुई कम्पनीको …

दुई पुनर्बीमाको सेयरमा किन एकाएक बढ्यो आकर्षण ?

१८ कात्तिक, काठमाडौं । बुधबार सेयर बजारमा सबैभन्दा धेरै मूल्य बढेका कम्पनी हुन्– नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स ।

नेपाल रिइन्स्योरेन्सको मूल्य १५ प्रतिशत बढ्यो भने अर्को हिमालयन रिको ११.४८ प्रतिशत बढ्यो । यी दुई कम्पनीको उच्च मूल्यवृद्धिकै कारण समग्र सेयर बजार जम्मा ०.०५ प्रतिशत मात्रै बढ्दा अन्य समूह सबैभन्दा धेरै ६.१८ प्रतिशत बढ्यो ।

दुई पुनर्बीमा कम्पनीको मूल्य एकाएक बढ्नुको मुख्य कारण हो- हकप्रद सेयर निष्कासन । अघिल्लो दिन बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बीमाको हकप्रद सेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ । कम्पनीले शत प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको थियो ।

नेपाल पुनर्बीमामा सरकारको स्वामित्व ४४ प्रतिशत तथा सर्वसाधारणको १६ प्रतिशत रहेको छ बाँकी अन्य कम्पनीहरुको छ ।

यसले अर्को कम्पनी हिमालयन रिइन्स्योरेन्सको पनि हकप्रद सेयर निष्कासन हुने निश्चित भएको छ । नियामक निकाय बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीका लागि २० अर्ब चुक्ता पूँजी तोकेको छ ।

हाल नेपाल पुनर्बीमाको चुक्ता पूँजी १३ अर्ब ४२ करोड छ भने हिमालयन रिइन्स्योरेन्सको १० अर्ब ८६ करोड रुपैयाँ छ । २० अर्बका लागि नपुग रकम हकप्रद सेयरमार्फत जुटाउनुपर्नेछ ।

दुवै कम्पनीले हकप्रद सेयर निष्कासनबाट सो चुक्ता पूँजी पुर्‍याउने निश्चित भएसँगै बुधबार यी कम्पनीमा आकर्षण देखिएको हो । नेपाल पुनर्बीमाको हाल मूल्य प्रतिकित्ता ९२१.७० र हिमालयन रिको ५३४ रुपैयाँ पुगेको छ ।

हकप्रद निष्कासनका बेला भने लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँका दरले सेयर खरिद गर्न पाउँछन् । यद्यपि बजारमा हकप्रद निष्कासनपछि मूल्य समायोजन हुने गर्दछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
हकप्रदको आशमा नेपाल पुनर्बिमा  कम्पनीको सेयरमा सर्किट, हिमालयन रिको पनि मूल्य बढ्यो

हकप्रदको आशमा नेपाल पुनर्बिमा कम्पनीको सेयरमा सर्किट, हिमालयन रिको पनि मूल्य बढ्यो

हकप्रदको आशमा नेपाल पुनर्बिमा कम्पनीको सेयरमा सर्किट, हिमालयन रिको पनि मूल्य बढ्यो नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्य १५ प्रतिशतसम्म बढेपछि सर्किट ब्रेक लागेको हो । कार्तिक १८, २०८३ कान्तिपुर स...

#हिमालयन #हकप्रद #सेयरमा
Compare →
Bizshala
1w ago
करिब ६ अर्ब सरकारी लगानीको संकेतपछि नेपाल रिमा सर्किट

करिब ६ अर्ब सरकारी लगानीको संकेतपछि नेपाल रिमा सर्किट

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको प्रस्तावित हकप्रद सेयरमा सरकारले लगानी गर्ने बाटो खोलेसँगै बुधबार दोस्रो बजारमा...

#पुनर्बी #हकप्रद
Compare →

Related Stories

National (Nepal)
Build #2611