आज अचल सम्पत्ति हात पर्न सक्छ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । आजमीठोवाणीप्रयोग गर्नु तथा अनावश्यक विवादबाट टाढा रहनु उचित हुनेछ ।
सिंह नयाँ कार्यको शुभारम्भ तथा त्यसको चर्चा चल्नेछ । राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना छ । जोश, जाँगर र आत्मविश्वास बढ्नेछ । प्रेमी वा जीवनसाथीबाट विशेष सहयोग प्राप्त हुनेछ । व्यावसायिक क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सकिनेछ । शैक्षिक क्षेत्रमा पनि सफलता प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र साथ मिल्नेछ । वैदेशिक यात्राको योगसमेत बन्नेछ । कुनै शुभकार्य गर्नुअघि वा यात्रामा जानुअघि भगवान् श्रीकृष्णको स्मरण गरी कार्य आरम्भ गर्दा अझ बढी लाभ प्राप्त हुनेछ ।
-ज्योतिषाचार्य / वास्तुविद् पण्डित नारायणप्रसाद दुलाल
राशिफल भाग्य हेर्ने मात्र होइन , दिशा बनाउने हो । जो अनुशासित, साहसी र स्पष्ट छ- असोज उसकै हुन्छ । आफ्नो इमानदारिता , मेहनेत, कर्तव्य र सत्कर्म गर्नाले पनि आउने दिनहरू अवश्य राम्रा हुनेछन् । यस्तै अन्य जानकारीको लागि ओके धर्मसंस्कार हेर्दै गर्नुहोला धन्यवाद ।
सिंह राशिका जातकहरूका लागि समग्रमा २०८२ साल शुभ फलदायी रहनेछ । बृहस्पतिको प्रभावले वर्षभरी नै राम्रो फल दिने र भाग्यमा वृद्धि हुनेछ । बौद्धिक कार्यमा विशेष लाभ पनि मिल्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूलाई भने शनि अढैयाको प्रभावले दबाब र तनाव बढेको महसुस हुनेछ ।
आरोपप्रत्यारोप, धन हानी, कार्यमा ढिलासुस्ती, आर्थिक नोक्सानी जस्ता फल भोग्नु पर्ला । स्वास्थ्य र शिक्षा व्यवसाय, घर जग्गामा गरेको लगानीबाट राम्रो प्रतिफल पाइनेछ, तर सेयरबजार र धातु जन्य सामानको व्यवसायबाट नोक्सानी हुन सक्छ ।
आर्थिक दृष्टिले जेठ, असार, मङ्सिर र माघ महिनामा अधिक लाभ मिल्नेछ भने असोज र पुष महिनामा धन हानी हुनेछ । यो वर्ष प्रेम प्रसंगका लागि साकान्य रहेको छ अतः प्रेममा सफलता प्राप्त गर्न धैर्य र सत्यताको आवश्यक पर्दछ । कसै कसैको जन्मकुण्डलीमा गणगुण राम्रो हुन गाएमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पनि सकिन्छ ।
स्वदेश तथा विदेश पढ्न गएका विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रबाट मिहिनेत अनुसार सफलता मिल्नेछ । विज्ञान र गणित विषयका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ, तर साउन र असोज महिनामा विद्यामा ह्रास आउनसक्छ । नयाँ जागिरको अवसर मिल्नेछ र वैदेशिक रोजगारको सम्भावना पनि रहेको छ ।
पर्यटन र प्राविधिक क्षेत्रका पेशाकर्मीहरूले राम्रो सफलता हात पार्नेछन् । राजनैतिक र सामाजिक क्षेत्रबाट पनि ख्याति कमाउन सकिनेछ । टाउको तथा आँखाको समस्या बढ्नसक्छ । रक्तसञ्चार र वायु विकारले समस्या पार्न सक्छ । परिवारको स्वास्थ्यमा धन खर्च बढ्नसक्छ, त्यसैले आहार विहार प्रति सजगता हुन बढी जरुरी छ ।
प्रत्येक मंगलबार हनुमानजी वा गणेशजीको दर्शन पूजा गर्नाले ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । विपन्न वर्गका विद्यार्थीहरूलाई सहयोग गर्ने, खानेकुरा दिने र मान्यजनको आशीर्वाद लिनाले राम्रो हुनेछ । कुनै शुभ कर्म गर्न पूर्व या यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको दर्शन / पूजा गरेर गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।