Trending
Prev Story
Next Story

स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे नेपाल र जापानबीच छलफल

Nagarik News •
November 04, 2026 • 06:42 AM
1
1 reads 0 reactions

भेटका क्रममा नेपाल र जापानबीचको घनिष्ठ सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारका सम्भावित क्षेत्रबारे छलफल भएको छ।

स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे नेपाल र जापानबीच छलफल

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि जापानी राजदूत माएदा तोरुले मन्त्रालयमा औपचारिक भेटघाट गरेका छन्।

भेटका क्रममा नेपाल र जापानबीचको घनिष्ठ सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारका सम्भावित क्षेत्रबारे छलफल भएको छ।

सो अवसरमा मन्त्री मेहताले भोटेकोशी बाढीबाट प्रभावित रसुवालगायतका जिल्लामा जापान सरकारले उपलब्ध गराएको राहत, प्राविधिक उपकरण तथा प्रविधिसम्बन्धी सहयोगप्रति धन्यवाद व्यक्त गरिन्। साथै, वीर अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पताललगायतका स्वास्थ्य संस्थामा जापानले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरिन्।

राजदूत माएदा तोरुले नेपाल सरकारका प्राथमिकता र आवश्यकताका आधारमा जापान सरकार सहयोग गर्न तयार रहेको बताउँदै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: १८ कार्तिक २०८३ १२:२७ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1d ago
नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न यूएईका लगानीकर्तालाई आग्रह

नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न यूएईका लगानीकर्तालाई आग्रह

नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न यूएईका लगानीकर्तालाई आग्रह भेटका क्रममा उनीहरूबीच नेपाल–युएई द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा रहेका लगानीका अवसरका विविध पक्षमा छलफल भएको ...

#भेट #क्रम #क्षेत्रमा
Compare →

Related Stories

Health & Wellness
Build #2611