Trending
Prev Story
Next Story

१९ बैंक तथा वित्तीय संस्थाको प्रतिफल घोषणा, यी कम्पनीका सेयरधनीले पाए दशैँ अघि लाभांश, कुनको कति ?

Arthasansar •
October 19, 2026 • 08:28 AM
1
1 reads 0 reactions

गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट डेढ दर्जन बैंक तथा वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । लाभांश...

१९ बैंक तथा वित्तीय संस्थाको प्रतिफल घोषणा, यी कम्पनीका सेयरधनीले पाए दशैँ अघि लाभांश, कुनको कति ?

गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट डेढ दर्जन बैंक तथा वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा ९ वाणिज्य बैंक, ५ विकास बैंक, २ फाइनान्स कम्पनी र ३ लघुवित्त वित्तीय संस्था रहेका छन् ।

लाभांश घोषणा गरेका ९ वाणिज्य बैंकमध्ये ८ वटाले आफ्ना लगानीकर्ताको बैंक खातामा लाभांश पठाइसकेका छन् । नबिल बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, कुमारी बैंक र सिद्धार्थ बैंकका लगानीकर्ताले दसैँअघि नै लाभांश प्राप्त गरिसकेका छन् । एनएमबी बैंकले पनि गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । तर, बैंकले हालसम्म साधारण सभाको मिति तय गरेको छैन । त्यसैले यस बैंकका लगानीकर्ताले दसैँपछि मात्रै लाभांश पाउनेछन् ।

यसैगरी, लाभांश घोषणा गरेका ५ विकास बैंकमध्ये ४ वटाले दसैँअघि नै लगानीकर्ताको खातामा लाभांश पठाइसकेका छन् । सांग्रिला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंकले आफ्ना लगानीकर्तालाई लाभांश वितरण गरिसकेका हुन् । मितेरी डेभलपमेन्ट बैंकले भने गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरे पनि साधारण सभाको मिति तय गरेको छैन । यस बैंकका लगानीकर्ताले दसैँपछि लाभांश प्राप्त गर्नेछन् ।

दुई फाइनान्स कम्पनीमध्ये आईसीएफसी फाइनान्सले आफ्ना लगानीकर्ताको खातामा लाभांश पठाइसकेको छ । यता, मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्दै आगामी कात्तिक २० गतेका लागि साधारण सभा बोलाएको छ । यस कम्पनीका लगानीकर्ताले पनि दसैँपछि लाभांश पाउनेछन् । लघुवित्ततर्फ गुराँस लघुवित्त वित्तीय संस्थाले दसैँअघि नै आफ्ना लगानीकर्तालाई लाभांश वितरण गरिसकेको छ । यद्यपि, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले भने साधारण सभाको मिति तय गर्न बाँकी छ । यी दुई संस्थाका लगानीकर्ताले साधारण सभा तथा लाभांश वितरणसम्बन्धी प्रक्रिया पूरा भएपछि दसैँपश्चात् लाभांश प्राप्त गर्नेछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
10h ago
लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

यो कम्पनी शुक्रबार सबैभन्दा धेरैले कारोबार हुने प्रमुख १० मध्ये नवौं स्थानमा छ ।

#लाभांश #घोषणा
Compare →
Hamro Patro News
14h ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको ३.७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहि...

#लाभांश #घोषणा
Compare →
Onlinekhabar
14h ago
नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ३.४० …

#लाभांश #घोषणा
Compare →
Bizshala
2d ago
तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

काठमाण्डौ । तिहारको बिदापछि शुक्रबार कात्तिक २७ गते बिहान ११ बजे सेयर बजार खुल्दैछ। आर्थिक वर्ष २०८२/८३ को नाफाबाट...

#लाभांश #कति
Compare →
Nagarik News
11h ago
सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको नयाँ अध्याय सुरु गर्दै समर्थकलाई सरप्राइज दिएका छन्।

#घोषणा
Compare →

Related Stories

Business & Economy
Build #2611