Trending
Prev Story
Next Story

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

Nagarik News •
November 04, 2026 • 05:52 AM
1
1 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग संवाद पुनः सुरु गर्ने इच्छा व्यक्त गरेपछि प्योङयाङले अमेरिकासँगको सम्भावित वार्तामा आफ्नो प्रभाव बढाउन हतियार परीक्षण तीव्र पारेको विश्लेषण गरिएको छ।

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी तटबाट समुद्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। अमेरिकासँगको सम्भावित कूटनीतिक संवाद र ह्याकिङसम्बन्धी आरोपबीच प्योङयाङले हतियार परीक्षणलाई निरन्तरता दिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग संवाद पुनः सुरु गर्ने इच्छा व्यक्त गरेपछि प्योङयाङले अमेरिकासँगको सम्भावित वार्तामा आफ्नो प्रभाव बढाउन हतियार परीक्षण तीव्र पारेको विश्लेषण गरिएको छ।

विश्वकै ठूलो क्रिप्टोकरेन्सी विनिमय मञ्च बाइनान्समा छ अर्ब अमेरिकी डलरभन्दा बढीको चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न रहेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई)  को आरोपलाई उत्तर कोरियाले अस्वीकार गरेको छ। एफबीआईले उक्त आक्रमणलाई गत वर्ष बाइबिटमा एक अर्ब ५० करोड अमेरिकी डलर चोरी गरेको आरोप लागेको ‘ट्रेडरट्रेटर’ समूहसँग जोडेको छ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकी आरोपलाई वासिङ्टनको शत्रुतापूर्ण नीतिको निरन्तरताका रूपमा आलोचना गरेकी छन्। उनले त्यस्ता व्यक्तिसँग वार्ता गर्न आवश्यक नरहेको बताउँदै संवादले राष्ट्रिय हित पूरा नगर्ने धारणा व्यक्त गरेकी छन्।

उत्तर कोरियाले पछिल्लो समय ब्यालेस्टिक तथा हाइपरसोनिक क्षेप्यास्त्र, आक्रमणकारी ड्रोन र क्लस्टर बम परीक्षण गरेको छ। मङ्गलबार परीक्षण गरिएको नयाँ क्लस्टर वारहेडले पाँचदेखि छ हेक्टर क्षेत्र नष्ट गर्न सक्ने प्योङयाङको दाबी छ।

यसैबीच, सेप्टेम्बरमा सीमाक्षेत्रमा बारुदी सुरुङ विस्फोट हुँदा दक्षिण कोरियाका तीन सैनिक घाइते भएपछि दुई कोरियाबीचको तनाव पनि बढेको छ। सियोलले उत्तर कोरियामाथि सैन्य सीमाङ्कन रेखाको दक्षिणतर्फ सुरुङ बिछ्याएको आरोप लगाउँदै माफी माग्नुपर्ने बताएको छ।

प्योङयाङले भने जिम्मेवारी अस्वीकार गर्दै प्रतिकारको चेतावनी दिएको छ। उसले सीमामा प्रचारात्मक लाउडस्पीकर प्रसारण पुनः सुरु गर्ने र नयाँ हतियार तैनाथ गर्ने धम्कीसमेत दिएको छ।

प्रकाशित: १८ कार्तिक २०८३ ११:३७ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
14h ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#उत्तर #अमेरिकी #कोरियाली
Compare →
Hamro Patro News
15h ago
नक्कली भिडियो कलमार्फत उत्तर कोरियाली ह्याकरले लुटे ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी

नक्कली भिडियो कलमार्फत उत्तर कोरियाली ह्याकरले लुटे ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी

काठमाडौँ । उत्तर कोरियाली राज्य-समर्थित ह्याकरहरूले नक्कली भिडियो कल प्रयोग गरी सर्वसाधारणको पहिचान चोरी गर्दै ४० करोड अमेरिकी डलरभन्दा बढीको क्रिप्टोकरेन्सी लुटेका छन्। अमेरिकी संघीय जाँच ब्युरो (...

#उत्तर #अमेरिकी #कोरियाली
Compare →

Related Stories

World News
Build #2611