Trending
Prev Story
Next Story

देउवा पक्षको महाधिवेशन कहाँ पुग्यो ?

Ekantipur •
October 14, 2026 • 08:18 PM
1
1 reads 0 reactions

प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरको अधिवेशन सुरु भइसक्दा १ हजार २ सय ४३ वडामा अधिवेशन हुन बाँकी रहेको निर्वाचन समितिको तथ्यांक छ ।

देउवा पक्षको महाधिवेशन कहाँ पुग्यो ?

प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरको अधिवेशन सुरु भइसक्दा १ हजार २ सय ४३ वडामा अधिवेशन हुन बाँकी रहेको निर्वाचन समितिको तथ्यांक छ ।

समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले वडा अधिवेशन नै गरिसकेको छैन । कतिपक्ष प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरकै अधिवेशन भइसक्दा पनि अझै १ हजार २ सय ४३ वडामा अधिवेशन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

देउवा समूहले १५ असोजदेखि वडा अधिवेशन गर्ने र २० असोजमा गाउँपालिका/नगरपालिका अधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो । २३ असोजमा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने तालिका थियो । निर्वाचन समितिका अनुसार देशभरका ६ हजार ७ सय ४३ वडामध्ये ५ हजार ५ सय वडामा अधिवेशन सकिएको छ । ७ सय ५३ पालिकामध्ये ४ सय ९७ वटामा अधिवेशन सम्पन्न भएको छ । अब २ सय ५६ पालिकामा अधिवेशन हुन बाँकी छ ।

देशभरका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १ सय १२ वटामा क्षेत्रीय अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । जिल्ला अधिवेशन नहुँदासम्म वडा, पालिका र क्षेत्रीय अधिवेशन जारी रहने निर्वाचन समितिका संयोजक एकराज पोखरेलले बताए । १५ कात्तिकमा जिल्ला अधिवेशन गर्ने कार्यतालिका छ ।

संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियालाई चुनौती दिँदै देउवा पक्षले समानान्तर महाधिवेशनको कार्यतालिका ल्याएको थियो । वडा, गाउँपालिका तथा नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन हुँदै आगामी २१–२३ मंसिरमा काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

देउवा पक्षले २० असोजमा गाउँपालिका तथा नगरपालिका अधिवेशन गर्ने तालिका बनाएको थियो । त्यसपछि २३ असोजमा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम थियो । प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट अधिकांश स्थानमा कार्यसमिति सर्वसम्मत चयन भए पनि महाधिवेशन प्रतिनिधि छनोटका क्रममा भने धेरै ठाउँमा निर्वाचन भएको पोखरेलले बताए ।

देउवा पक्षले महाधिवेशन प्रतिनिधि छनोटको व्यवस्था विधानमा संशोधन गरेको छ । संशोधित व्यवस्थाअनुसार प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । खुलातर्फ चार महिलासहित १४, समावेशी क्लस्टरबाट १०, १८ देखि २८ वर्ष उमेर समूहका नवयुवाबाट एक महिलासहित दुई र ४० वर्षमुनिका युवाबाट एक महिलासहित दुई जना प्रतिनिधि चयन हुनेछन् ।

त्यस्तै, अपांगता भएका व्यक्तिबाट एक, प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित र सहिद परिवारबाट दुई, विषयविज्ञ र श्रमिकबाट दुई तथा अन्य समूहबाट दुई प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ । देशभरका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट मात्रै ५ हजार ७ सय ७५ महाधिवेशन प्रतिनिधि आउनेछन् । यसबाहेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, एक निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति, प्रदेशसभा निर्वाचन क्षेत्रीय सभापति र पालिका सभापतिहरू पनि पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । महाधिवेशनमा सहभागी हुने कुल प्रतिनिधिको संख्या ५ हजार ७ सय ७५ भन्दा बढी हुनेछ ।

देउवा पक्षले समानान्तर महाधिवेशनको प्रक्रिया अघि बढाउनुको मुख्य कारण कांग्रेसको आधिकारिक नेतृत्व र विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकतासम्बन्धी विवाद हो । देउवा पक्षले आफूलाई १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको निरन्तरताका रूपमा प्रस्तुत गर्दै समानान्तर महाधिवेशन प्रक्रिया अघि बढाएको हो ।

कुलचन्द्र कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनी राजनीतिक दल, संसदीय मामिलासँग सम्बन्धित बिषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
9h ago
कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पोखराको न्युरोडस्थित पोखरा सभागृहमा सुरु …

#अधिवेशन #देउवा
Compare →
Nagarik News
1d ago
के गर्दैछ कांग्रेस ? एउटै पार्टीमा दुई संगठन, दुई महाधिवेशन र नेतृत्वको दाबी

के गर्दैछ कांग्रेस ? एउटै पार्टीमा दुई संगठन, दुई महाधिवेशन र नेतृत्वको दाबी

देउवा पक्षले वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै जिल्ला अधिवेशनको प्रक्रिया अघि बढाएको छ। समूहले देशभर समानान्तर रूपमा संगठन निर्माण र प्रतिनिधि चयन गरिरहेको छ।

#अधिवेशन #देउवा #महाधिवेशन
Compare →
Hamro Patro News
1d ago
देउवा पक्षद्वारा नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा अर्जुन गिरी मनोनीत

देउवा पक्षद्वारा नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा अर्जुन गिरी मनोनीत

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले प्यूठानका अर्जुन गिरीलाई भ्रातृ संगठन नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा मनोनीत गरेको छ । देउवा समूहको ‘१५औं नियमित महाधिवेशन तयारी समिति’का ...

#देउवा
Compare →

Related Stories

Politics & Governance
Build #2611