Trending
Prev Story
Next Story

एक्सनमुखी बालेन सरकार, संसद र सडकबाट मोर्चा कस्दै विपक्षी दलहरू !

Hamro Patro News •
November 03, 2026 • 02:57 PM
1
1 reads 0 reactions

काठमाडौँ । पछिल्लो समय प्रधानमन्त्री बालेन शाहका कतिपय विवादास्पद एक्सन र उनी नेतृत्वको सरकारका गतिविधिले राजनीतिक, न्यायिक एवं प्रशासनिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ । बिचौलिया इनम सापकोटा प्रक्...

1 / 2
Swipe Photos

काठमाडौँ । पछिल्लो समय प्रधानमन्त्री बालेन शाहका कतिपय विवादास्पद एक्सन र उनी नेतृत्वको सरकारका गतिविधिले राजनीतिक, न्यायिक एवं प्रशासनिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ । बिचौलिया इनम सापकोटा प्रक्राउ र त्यसपछि खुल्दै गएका विभिन्न हाइप्रोफाइल कन्नेक्सन, न्यायालयमा बिचौलियाको सेटिङदेखि त्यही विषयका समाचार लेख्दा न्युजरुमबाटै पत्रकार पक्राउ लगायत घटनाक्रमले सरकार र विपक्षीको द्वन्द्व बढेको आभास हुन्छ । यसैबीच सुनकोशी मरिण डाइभर्सन आयोजनाका आयोजना प्रमुखलगायत प्रमुख कर्मचारीलाई अपहरणको शैलीमा पक्राउ गरी प्रधानमन्त्रीको कार्यालयमा थुनेर आयोजनाको ठेक्का रद्द गर्न लगाइएको घटनाले थप तरंग पैदा गरेको छ । यिनै सन्दर्भमा विपक्षी दलहरुले सभामुखलाई तत्काल संसद बैठक बोलाउन दबाब दिएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको कार्यालय यातना गृहजस्तो भइरहेको र सर्वत्र आतंक सिर्जना गरेको टिप्पणी गरेका छन् । सिंहदरबारमा मंगलबार सभामुख डोलप्रसाद अर्यालसँगको भेटपछि आङ्देम्बेले देशमा बिचौलियाको बिगबिगी रहेको र कर्मचारीहरूलाई कार्यस्थलबाटै नियन्त्रणमा लिएर यातना दिने काम प्रधानमन्त्रीबाटै भइरहेको आरोप लगाए । जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाललाई कार्यक्षेत्रबाटै उठाएर ल्याई प्रधानमन्त्री कार्यालय थुनेर दबाब दिँदै टेन्डर रद्द गराइएको घटनातर्फ लक्षित गर्दै उनले यस्तो बताएका हुन् । बिचौलिया कन्नेक्सन, न्यायालयका विवाद र सरकार पक्षबाट भइरहेका सबै आतंकयुक्त गतिविधिबारे निकास खोज्न संसद् बैठक तत्काल डाक्न आफूले सभामुखसँग माग गरेको जानकारी उनले दिए । सोमबार विपक्षी दलहरुको बैठकले संसद बोलाउन माग गर्ने र सरकारका गतिविधिविरुद्ध एकजुट हुने निर्णय गरेका थिए । मंगलबार कांग्रेस र एमालेले तत्काल संसद आह्वान गर्न सभामुख डोलप्रसाद अर्यालसँग छुट्टाछुट्टै भेटेर माग गरेका हुन् । पछिल्लो राजनीतिक घटनाक्रम, न्यायालयमा देखिएका विवाद, पत्रकारमाथिको धरपकड र जनजीविकासँग सम्बन्धित समस्याहरूमाथि संसदमै गम्भीर छलफल हुनुपर्नेमा उनीहरुको जोड छ ।

Read full story at source ( news24nepal.tv )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
सरकारको सामूहिक प्रतिवादको तयारीमा विपक्षी, के गर्लान् हर्क साम्पाङ ?

सरकारको सामूहिक प्रतिवादको तयारीमा विपक्षी, के गर्लान् हर्क साम्पाङ ?

२० कात्तिक, काठमाडौं । दुई तिहाइ नजिकको लोकप्रिय जनमत पाएर प्रधानमन्त्री बनेका बालेन शाह नेतृत्वको सरकारले शृङ्खलाबद्ध गल्ती नरोकेको भन्दै विपक्षी दलहरू सामूहिक प्रतिवादकै निष्कर्षमा पुगेका छन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी आन्दोलनमै निस्किने …

#बालेन-शाह #विपक्षी
Compare →
Nagarik News
1w ago
तान्जानियाका विपक्षी नेतालाई राजद्रोह मुद्दामा राहत

तान्जानियाका विपक्षी नेतालाई राजद्रोह मुद्दामा राहत

तान्जानियालाई अफ्रिकाका तुलनात्मक रूपमा स्थिर लोकतान्त्रिक देशमध्ये एक मानिन्थ्यो। तर, सत्तारूढ सरकारले विपक्षी दल र प्रदर्शनकारीमाथि कठोर दमन गरेपछि देशको छवि निकै खस्किएको छ।

#विपक्षी
Compare →
Arthasansar
2d ago
भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन्...

#बालेन-शाह #बालेन
Compare →
Ekantipur
3d ago
प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त गराएर सुरु गरेको नेपाल संवत् नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।

#बालेन-शाह #बालेन
Compare →

Related Stories

Politics & Governance
Build #2611