Trending
Prev Story
Next Story

ट्रम्पलाई मा’र्ने ध’म्कीसहित तेहरानमा राखियो विशाल होर्डिङ बोर्ड

Nagarik News •
November 03, 2026 • 12:20 PM
1
1 reads 0 reactions

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड र ब्यानरहरू मंगलबार राजधानी तेहरानका विभिन्न स्थानमा सार्वजनिक गरेको छ।

ट्रम्पलाई मा’र्ने ध’म्कीसहित तेहरानमा राखियो विशाल होर्डिङ बोर्ड

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड र ब्यानरहरू मंगलबार राजधानी तेहरानका विभिन्न स्थानमा सार्वजनिक गरेको छ।

यसले राजधानीमा देखिँदै आएको सरकार समर्थित राजनीतिक प्रचारलाई थप आक्रामक बनाएको छ।

तेहरानको व्यस्त एन्गेलाब स्क्वायरमा राखिएको एउटा विशाल होर्डिङ बोर्डमा ‘हामी ट्रम्पलाई मार्नेछौँ’ भन्ने सन्देश लेखिएको छ।

त्यसमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई जेलभित्र टाउको निहुराएर बसेको अवस्थामा चित्रण गरिएको छ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्दा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि तेहरानका विभिन्न स्थानमा ट्रम्पको आलोचना र बदलाको चेतावनीसहितका होर्डिङ बोर्ड तथा प्रचार सामग्री राखिँदै आएका छन्।

यसैबीच, पछिल्ला दिनहरूमा तेहरान र वासिङ्टनलाई वार्ताको टेबलमा ल्याउन नयाँ कूटनीतिक प्रयास भइरहेका छन्।

यसको उद्देश्य मध्यपूर्वमा फैलिएको युद्ध पुनः चर्किन नदिनु हो। उक्त युद्धका कारण विश्वभर मूल्यवृद्धि भएको छ।

अमेरिकामा मंगलबार महत्वपूर्ण मध्यावधि निर्वाचन हुँदै गर्दा ट्रम्पले इरानसँग सम्झौता हुन सक्ने बताए।

इरानसँगको युद्धलाई लिएर अमेरिकी मतदातामा असन्तुष्टि बढिरहेका बेला निर्वाचन हुन लागेको हो।

उत्तरी तेहरानको व्यस्त ताज्रिस स्क्वायरमा आयोजित खुला प्रदर्शनीमा पनि ट्रम्पका विभिन्न चित्रहरू राखिएका छन्।

तीमध्ये एउटा चित्रमा उनको अनुहार रगतले लतपतिएको अवस्थामा भुइँमा देखाइएको छ भने अर्को व्यक्तिको खुट्टा उनको टाउकोमाथि रहेको चित्रण गरिएको छ।

अर्को चित्रमा ट्रम्पको अनुहार बमले छोपिएको देखाइएको छ। उक्त चित्र बेल्जियमका अतियथार्थवादी चित्रकार रेने माग्रिटको सन् १९६४ को चर्चित चित्र ‘द सन अफ म्यान’बाट प्रेरित देखिन्छ।

प्रदर्शनी नजिकै जेलको कोठाजस्तो संरचना पनि बनाइएको छ। त्यहाँ ट्रम्पको भेष धारण गरेका एक कलाकार दिनभर बस्ने गर्छन्।

त्यसको छेउमा राखिएको पर्दामा इरानमाथि अमेरिकी आक्रमणबाट भएको क्षतिका दृश्यहरू देखाइन्छन्।

इरानले युद्धका क्रममा अमेरिकाले विद्यालय र विवाह समारोहजस्ता सर्वसाधारणका क्षेत्रलाई जानाजानी निशाना बनाएको आरोप लगाउँदै आएको छ।

ती आक्रमणमा महिला र बालबालिकासहित दर्जनौँ मानिसको मृत्यु भएको इरानको दाबी छ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानका सार्वजनिक स्थलमा सरकारले प्रायोजन गरेका विशाल होर्डिङ बोर्ड र भित्तेचित्र राख्ने परम्परा रहँदै आएको छ।

यस्ता प्रचार सामग्रीमार्फत सहयोगीहरूलाई सम्मान गर्ने, सैन्य व्यक्तित्वहरूको प्रशंसा गर्ने र विशेषगरी अमेरिका तथा इजरायलजस्ता विरोधी राष्ट्रलाई राजनीतिक सन्देश दिने गरिन्छ।एएफपी

प्रकाशित: १७ कार्तिक २०८३ १८:०५ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
‘इरानसँग सम्झौता गर्नुपर्ने आवश्यकता छैन’ : ट्रम्प

‘इरानसँग सम्झौता गर्नुपर्ने आवश्यकता छैन’ : ट्रम्प

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई इरानसँग कुनै पनि सम्झौता गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत धारणा सार्वजनिक गर्दै ट्रम्पले अम...

#ट्रम्प #र्ने
Compare →
Onlinekhabar
15h ago
उपराष्ट्रपति भान्सलाई ट्रम्पको निर्देशन : घरेलु मुद्दामा केन्द्रित हुनू

उपराष्ट्रपति भान्सलाई ट्रम्पको निर्देशन : घरेलु मुद्दामा केन्द्रित हुनू

२७ कात्तिक, वासिङ्टन (रासस/एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अपराधविरुद्धको अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि युद्धको आर्थिक …

#ट्रम्प
Compare →
Arthasansar
18h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प
Compare →

Related Stories

World News
Build #2612