Trending
Prev Story
Next Story

नेपाल पुनर्बिमा कम्पनीमा लगानी थप्दै सरकार, दियो हकप्रद सेयर जारी गर्न सहमति

Ekantipur •
November 03, 2026 • 12:32 PM
1
1 reads 0 reactions

बिमा प्राधिकरणले तोकेको २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन नेपाल पुनर्बिमा कम्पनीले ५० प्रतिशत हाराहारी हकप्रद सेयर जारी गर्नुपर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ ।

नेपाल पुनर्बिमा कम्पनीमा लगानी थप्दै सरकार, दियो हकप्रद सेयर जारी गर्न सहमति

बिमा प्राधिकरणले तोकेको २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन नेपाल पुनर्बिमा कम्पनीले ५० प्रतिशत हाराहारी हकप्रद सेयर जारी गर्नुपर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ ।

काठमाडौँ — नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा सरकारले थप लगानी गर्ने भएको छ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हकप्रद सेयरमा लगानी गर्ने निर्णय गरेको हो।

यसमा हाल नेपाल सरकारको ४४.०४ प्रतिशत सेयर स्वामित्व छ । सर्वसाधारणको १६ प्रतिशत र हिमालयन लाइफ इन्स्योरेन्सको ७।२५ प्रतिशत सेयर छ ।

त्यस्तै, एसियन लाइफ इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी लगायत विभिन्न बिमा कम्पनीको सेयर लगानी छ।

पुनर्बिमा कम्पनीहरूको लागि बिमा प्राधिकरणले २० अर्ब चुक्ता पुँजी तोकेको छ। हाल १३ अर्ब ४२ करोड पुँजी रहेको यसले बाँकी रकम हकप्रद सेयर जारी गरेर जुटाउनेछ।

यसले एक बराबर ०.५ अर्थात् ५० प्रतिशत हाराहारी हकप्रद सेयर जारी गर्नुपर्ने हुन्छ।

मंगलबार यसको सेयर ८०१ रूपैयाँमा कारोबार भइरहेको छ। हकप्रदकै आसमा यसअघि यसको सेयर मूल्य १ हजार ८ सय रूपैयाँसम्म कारोबार भएको थियो। तर, सरकारले लगानी थप्ने नथप्ने अन्योल र सेयर बजार सुस्तिएसँगै मूल्य घट्दो क्रममा रहेको हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
16h ago
अपि पावरको साधारणसभा मंसिर १८ मा, ३० प्रतिशत हकप्रद रद्द गर्ने प्रस्ताव

अपि पावरको साधारणसभा मंसिर १८ मा, ३० प्रतिशत हकप्रद रद्द गर्ने प्रस्ताव

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले यसअघि निर्णय भएको ३० प्रतिशत हकप्रद सेयर निष्कासन रद्द गर्ने र ५ प्रतिशत बोनस सेयर...

#हकप्रद
Compare →
Onlinekhabar
3d ago
३ महिनामा ५९० गैरआवासीय नेपाली नागरिकता जारी

३ महिनामा ५९० गैरआवासीय नेपाली नागरिकता जारी

२४ कात्तिक, काठमाडौं । गत साउन, भदौ र असोज महिनामा ५९० वटा गैरआवासीय नेपाली नागरिकता जारी भएको छ । यो देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी भएका गैरआवासीय नेपाली नागरिकताको एकीकृत तथ्यांक हो । गृह मन्त्रालयले तीन …

#जारी
Compare →
Nagarik News
5d ago
बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीले पनि पाउने भए उपहार

बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीले पनि पाउने भए उपहार

सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीलाई समेत उपहार दिने व्यवस्था गरेको छ।

#जारी
Compare →

Related Stories

Business & Economy
Build #2611