Trending
Prev Story
Next Story

अबुधाबीमा अमेरिका-रुस-युक्रेनबीच त्रिपक्षीय वार्ता हुने

Ekantipur •
November 03, 2026 • 10:32 AM
1
1 reads 0 reactions

वार्ताका दौरान युद्धपछिको सुरक्षा सम्झौता र तनाव न्यूनीकरणका विषयमा छलफल हुने अमेरिकी दूत स्टिभ जानकारी दिएका छन्

अबुधाबीमा अमेरिका-रुस-युक्रेनबीच त्रिपक्षीय वार्ता हुने

वार्ताका दौरान युद्धपछिको सुरक्षा सम्झौता र तनाव न्यूनीकरणका विषयमा छलफल हुने अमेरिकी दूत स्टिभ जानकारी दिएका छन्

अबुधाबी — अमेरिकाले रसिया–युक्रेन युद्ध अन्त्यका विषयमा अबुधाबीमा त्रिपक्षीय छलफल आयोजना गर्ने भएको छ । नोभेम्बर १० र ११ मा हुने यस छलफलमा युक्रेन र रुसको प्रतिनिधिमण्डल एउटै टेबुलमा बस्नेछन् ।

वार्ताका दौरान युद्धपछिको सुरक्षा सम्झौता र तनाव न्यूनीकरणका विषयमा छलफल हुने अमेरिकी दूत स्टिभ जानकारी दिएका छन् ।

लामो समयदेखि जारी यो द्वन्द्वमा जाडो याम सुरु हुनुअघि नै  कूटनीतिक सफलता हासिल गर्ने प्रयास अमेरिकी मध्यस्थकर्ताहरुले गरिरहेका छन् । यसअघि इरान युद्ध सुरु हुनअघि गत फेब्रुअरीमा अमेरिकाको मध्यस्थतामा शान्ति वार्ता भएको थियो । तर उक्त वार्ता सफल हुन सकेन ।

अमेरिकी दूत विटकफले सामाजिक सञ्जालमा लेख्दै आबुधाबीमा हुने नयाँ चरणको छलफलले युद्धपछिको सुरक्षा सम्झौता, तनाव न्यूनीकरण, मानवीय सहायताका उपायहरू र युद्ध अन्त्य गर्ने विषयहरूलाई समेट्ने बताएका छन् ।

रोयटर्सलाई एक वरिष्ठ अमेरिकी अधिकारीले दिएको जानकारीअनुसार आबुधाबीमा हुने वार्तामा मुख्य अमेरिकी वार्ताकारका रूपमा विटकफ र जारेड कुश्नरले अमेरिकाको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ ।

दोस्रो विश्वयुद्धपछिकै युरोपको सबैभन्दा भीषण रक्तपातपूर्ण द्वन्द्व रोक्न अमेरिकाले बढाएको पछिल्लो प्रयासस्वरूप दुई साताअघि सेन्ट पिटर्सबर्गमा विटकफले रुसी राष्ट्रपति भ्यादिमिर पुटिनसँग भेटेका थिए । यस भेटपछि  पुटिन त्रिपक्षीय वार्ताको नयाँ श्रृंखलाका लागि सहमत भएका हुन्।

एक अमेरिकी अधिकारीका अनुसार अमेरिकी वार्ताकारहरूले यसै साता ब्रसेल्समा फ्रान्स, जर्मनी, बेलायत, युरोपेली युनियन र नाटोका प्रतिनिधिहरूसँग कार्यदल स्तरमा बैठक गर्दैछन् । उक्त बैठकमा युक्रेनको सुरक्षा ग्यारेन्टी, युरोपको भावी सुरक्षा खाका र युक्रेनको पुनर्निर्माणका लागि आर्थिक सहयोग सम्बन्धी विषयमा छलफल हुनेछ ।

‘विगतका छलफलहरूलाई निरन्तरता दिँदै आयोजित यी बैठकहरूले रसिया र युक्रेनबीच दिगो शान्ति सम्झौता कायम गराउन राष्ट्रपति ट्रम्पले गरिरहेको निरन्तर प्रयासलाई दर्शाउँछ,’ अधिकारीले भने ।

सम्भावित शान्ति सम्झौताका सर्तहरूलाई लिएर युक्रेन र रसियाबीच अझै पनि धेरै मतभेद छन् ।  यद्यपि, ट्रम्पले पछिल्लो समय युक्रेनलाई कुनै न कुनै सम्झौतामा आउन दबाब बढाएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासस्वरूप अमेरिकाका विशेषदूतहरूले पुटिन र जेलेन्स्कीसँग वार्ता गर्ने

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासस्वरूप अमेरिकाका विशेषदूतहरूले पुटिन र जेलेन्स्कीसँग वार्ता गर्ने

एजेन्सी । रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न तथा युरोप–रुसबीच दीर्घकालीन सुरक्षा खाका तयार पार्ने उद्देश्यसहित अमेरिकी विशेष दूतहरू जेरेड कुश्नर र स्टिभ विटकफले बिहीबार मस्कोमा रुसी राष्ट्रपति...

#अमेरिकी #अमेरिका #रुस
Compare →
Nagarik News
21h ago
यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

अमेरिकाले सुरक्षा कारण देखाउँदै आफ्नो टोली फिर्ता बोलाए पनि कतारमा आयोजना हुने फिफा यू–१७ विश्वकप निर्धारित मितिमै सुरु हुने भएको छ।

#सुरक्षा #अमेरिका
Compare →
Onlinekhabar
1d ago
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

२६ कात्तिक, वासिङ्टन (रासस/एएनआई)। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमण तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितको सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल भएको …

#अमेरिकी #त्रिपक्षीय
Compare →

Related Stories

World News
Build #2612