Trending
Prev Story
Next Story

किन भयो फेरुचेमा हेलिकोप्टर दुर्घटना ?

Ekantipur •
November 03, 2026 • 08:02 AM
1
1 reads 0 reactions

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले प्रारम्भिक अनुसन्धानमा पाइलटहरूबीच मिसकम्युनिकेसन भएको संकेत पाएको बताउँदै भने, ‘हामी घाइते पाइलटको बयान लिइरहेका छौँ ।’

किन भयो फेरुचेमा हेलिकोप्टर दुर्घटना ?

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले प्रारम्भिक अनुसन्धानमा पाइलटहरूबीच मिसकम्युनिकेसन भएको संकेत पाएको बताउँदै भने, ‘हामी घाइते पाइलटको बयान लिइरहेका छौँ ।’

काठमाडौँ — मंगलबार बिहान सगरमाथा क्षेत्रमा अवतरण गर्न खोज्ने क्रममा दुई हेलिकोप्टर आकाशमै ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको र भारतीय मूलका एक न्युजिल्यान्डवासी घाइते भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेमा भारतीय नागरिक वसन्त कुमार बालारमुडु छन् ।

भारतीय मूलका न्युजिल्यान्डका नागरिक शैलेश कृष्ण पटेल र फिस्टेल एयरको हेलिकोप्टरका पाइलट इन कमान्ड रवीन्द्र प्रधान घाइते भएका छन् । घाइतेको प्रभु हेलिकोप्टरमार्फत उद्धार गरी राजधानीको मेडिसिटी अस्पताल पुर्‍याइएको छ ।

यो दुर्घटना मंगलबार बिहान करिब ८:१२ बजे सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरणका क्रममा भएको हो । प्राधिकरणले जारी गरेको विज्ञप्तिअनुसार एयर डाइनेस्टी हेली सर्भिस प्रालिले सञ्चालन गरेको ९एन-एओडी दर्ता नम्बरको एएस ३५० हेलिकोप्टर लुक्ला विमानस्थलबाट सोलुखुम्बुको एउटा हेलिप्याडमा कार्गो उडानमा गएको थियो । अर्को हेलिकोप्टर फिस्टेल एयर प्रालिले सञ्चालन गरेको ९एन-एजेआर दर्ता नम्बरको एएस३५० हो, जुन दुई विदेशी नागरिकलाई लिएर सोलुखुम्बुको गोरक्षेपबाट उडेको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एयर डाइनेस्टीको हेलिकोप्टर जमिनमा रहेका कर्मचारीको चेतावनीका बाबजुद तीव्र गतिमा ओर्लिरहेको देखिन्छ । हेलिप्याडनजिक पुग्दा विपरीत दिशाबाट अवतरण गर्न लागेको फिस्टेल एयरको हेलिकोप्टरसँग त्यो ठोक्किएको देखिन्छ । दुवै हेलिकोप्टर जमिनबाट २–३ मिटर माथि हुँदा फिस्टेल एयरको हेलिकोप्टरको रोटर पङ्खाले एयर डाइनेस्टीको हेलिकप्टरको यात्रु कक्षका सिसामा हिर्काएको थियो ।

दुर्घटनाको सही कारण अझै यकिन भएको छैन । ‘प्रारम्भिक प्रतिवेदनले पाइलटहरूबीच मिसकम्युनिकेसन भएको संकेत गर्छ, किनभने त्यो क्षेत्र लुक्ला विमानस्थलको हवाई यातायात नियन्त्रण टावरको कभरेजबाहिर पर्छ र पाइलटहरूले एकअर्कासँग नै सञ्चार गर्नुपर्छ,’  नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले भने, ‘हामी घाइते पाइलटको बयान लिइरहेका छौँ ।’

यसअघि सन् २०२३ को जुलाईमा सोलुखुम्बु जिल्लाको लमाजुरा क्षेत्रमा मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी सवार सबै ६ जनाको मृत्यु भएको थियो । मृतकमा एउटै परिवारका पाँच मेक्सिकन पर्यटक (दुई पुरुष र तीन महिला) र नेपाली पाइलट क्याप्टेन चेत बहादुर गुरुङ थिए ।

मनाङ एयरको एएस३५० बी३ई हेलिकप्टर सगरमाथा क्षेत्रको अवलोकन उडानपछि काठमाडौं फर्कँदै थियो ।

विश्वका सबैभन्दा प्रसिद्ध हिमाली गन्तव्यमध्येको सगरमाथा क्षेत्रमा बढ्दो उडान संख्यालाई लिएर हेलिकोप्टर सञ्चालक र स्थानीय समुदायबीच लामो समयदेखि चलिरहेको तनावको पृष्ठभूमिमा यो दुर्घटना भएको हो । सन् २०२५ डिसेम्बर १२ मा स्थानीय पालिका र सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्जमाथि अवलोकन उडानमा रोक लगाउने निर्देशन जारी गरेका थिए । त्यतिबेला उद्धार कार्यलाई भने छुट दिइएको थियो । त्यो प्रतिबन्ध सन् २०२६ जनवरी १ देखि लागू हुने तय गरिएको थियो ।

८ हजार अमेरिकी डलरको सगरमाथा हेलिकोप्टर अवलोकन उडानमा लुक्लासम्म चार जनासम्म जान सकिन्छ । तर लुक्लाबाट उडेर सगरमाथा आधार शिविर (५,३६४ मिटर) नजिकैको कालापत्थर (५,६४४ मिटर) मा अवतरण गर्न दुई जना यात्रु मात्र जान पाइन्छ ।

हेलिकोप्टरलाई आधार शिविरमाथि उड्न अनुमति छ, तर त्यहाँ अवतरण गर्न पाइँदैन । फर्कँदा भने उनीहरूले चार जना यात्रु बोक्न सक्छन् ।

हेलिकोप्टर सञ्चालकले फर्कँदा पदयात्रीलाई लिएर जाने गरेकाले स्थानीयले रोजगारीको अवसर गुमाएको गुनासो पनि गरेका छन् । सगरमाथा आधार शिविरसम्मको पदयात्रा सामान्यतया करिब १४ दिन लाग्छ ।

प्राधिकरणले सन् १९६६ देखि अभिलेख राख्न थालेयताको अवधिमा देशभर कम्तीमा २२ वटा गम्भिर खालका हेलिकोप्टर दुर्घटना भएका छन् ।

संगम प्रसाई काठमाडौं पोस्टका संवाददाता हुन् । उनी उड्डयन, पर्यटन, कृषि, पूर्वाधार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
11h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#घाइते #दुर्घटना
Compare →
Hamro Patro News
1d ago
मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर । मकवानपुरको भीमफेदी सडकखण्डमा भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।

#घाइते #दुर्घटना
Compare →

Related Stories

Technology
Build #2611