Trending
Prev Story
Next Story

६० रोपनी जग्गा छुट प्रकरणमा माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध मुद्दा

Onlinekhabar •
November 03, 2026 • 08:00 AM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपाल र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेस भएको छ। मोरङ जिल्लामा रहेको रिजाल एन्ड कम्पनीको नाममा …

६० रोपनी जग्गा छुट प्रकरणमा माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध मुद्दा

१७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपाल र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेस भएको छ। मोरङ जिल्लामा रहेको रिजाल एन्ड कम्पनीको नाममा ६० रोपनी जग्गा छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा पेस गरेको हो।

उनीहरूविरुद्ध ७३ करोड ४९ लाख रुपैयाँ बिगो माग गरिएको छ।

अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन संसदीय व्यवस्था मन्त्री मिनेन्द्र रिजाल, तत्कालीन भूमि सुधार मन्त्री डम्मर श्रेष्ठ, तत्कालीन मुख्यसचिव स्व माधव घिमिरे पनि प्रतिवादी छन्। यहाँ उनकी छोरी कमला घिमिरेलाई प्रतिवादी बनाइएको छ।

त्यस्तै तत्कालीन सचिव छविराज पन्त, सहसचिव रमेशचन्द्र अधिकारी, उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा अर्जुन खड्का, लक्ष्मण थापा, ध्रुव सापकोटा, शाखा अधिकृत बलराम निरौला पनि प्रतिवादी छन्।

त्यस्तै भूमि सुधार व्यवस्था विभागका तत्कालीन डीजी राजेन्द्र शर्मा, तत्कालीन निर्देशक नारायण अधिकारी, तत्कालीन उपसचिवप बाबुराम खनाल, तत्कालीन शाखा अधिकृत सीताराम पोखुरेल, तत्कालीन नासु बुद्धिबहादुर कार्की तथा मालपोत अधिकृतहरू गरेर ९७ जनालाई प्रतिवादी बनाएर मुद्दा पेस गरिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
सामाजिक सुरक्षा भत्तामा ३१ लाखभन्दा बढी अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सामाजिक सुरक्षा भत्तामा ३१ लाखभन्दा बढी अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। ओखलढुंगाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अ...

#जनाविरुद्ध #भ्रष्टाचार #मुद्दा
Compare →
Ekantipur
1d ago
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझीलाई एकचौथाइ कैद छुट

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझीलाई एकचौथाइ कैद छुट

पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता रायमाझीले ज्येष्ठ नागरिकले पाउने सुविधाअनुरूप कैद छुट पाएका हुन् ।

#छुट #प्रकरण
Compare →
Nagarik News
6d ago
जापानको नेपाल हाउस प्रकरण: दर्ता नै छैन ४७ प्रतिशत जग्गा, कसरी अघि बढ्यो करोडौंको परियोजना

जापानको नेपाल हाउस प्रकरण: दर्ता नै छैन ४७ प्रतिशत जग्गा, कसरी अघि बढ्यो करोडौंको परियोजना

जुन जग्गाको ठूलो हिस्सा दर्ता भएको स्पष्ट छैन, त्यसैलाई आधार बनाएर करोडौँ येनको परियोजना कसरी अघि बढाइयो भन्ने प्रश्नले परियोजनाको भविष्यलाई नै अन्यौल बनाएको छ ।

#जग्गा #प्रकरण
Compare →

Related Stories

National (Nepal)
Build #2611