Trending
Prev Story
Next Story

सोलुखुम्बु हेलिकोप्टर दुर्घटना अपडेट : मृ*तकको पहिचान खुल्यो, ३ जना घाइते

Nagarik News •
November 03, 2026 • 05:21 AM
1
1 reads 0 reactions

आज बिहान करिब ०८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एक-आपसमा ठक्कर खाई दुर्घटना भएको हो।

सोलुखुम्बु हेलिकोप्टर दुर्घटना अपडेट : मृ*तकको पहिचान खुल्यो, ३ जना घाइते

सोलुखुम्बु, खुम्बु पासाङल्हामु गाउँपालिका–०४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

आज बिहान करिब ०८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एक-आपसमा ठक्कर खाई दुर्घटना भएको हो। दुर्घटनामा फिस्टेल एयरमा चालक दलसहित तीन जना सवार रहेका थिए।

मृत्यु हुनेमा भारतको तमिलनाडु राज्य, चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको हो। मृतकको शव प्रभु एयरको हेलिकप्टरमार्फत बिसुगार्ड, लुक्ला ल्याइएको छ।

घाइते हुनेहरूमा न्युजिल्यान्ड घर भएका अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेल, फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति र डाइनेस्टी एयरका पाइलट प्रजल के.सी. रहेका छन्।

घाइतेमध्ये सेलिशकुमार पटेल र फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याइएको छ। त्यस्तै, डाइनेस्टी एयरका पाइलट प्रजल के.सी. को लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ।

प्रकाशित: १७ कार्तिक २०८३ ११:०६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर । मकवानपुरको भीमफेदी सडकखण्डमा भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।

#दुर्घटना #घाइते #अपडेट
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटनाका थप तीन मृतकको पहिचान खुल्यो

भीमफेदी दुर्घटनाका थप तीन मृतकको पहिचान खुल्यो

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा आज बिहान भएको ईभी गाडी दुर्घटनाका थप तीन जना मृतकको पहिचान भएको छ । दुर्घटना स्थलमा खोजी गर्दा सर्लाहीको शुक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका ३५ वर्षीय राकेश यादव, २८ …

#दुर्घटना #तकको #पहिचान
Compare →
Ekantipur
13h ago
दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

महाकाली नगरपालिका–९ दत्तुस्थित सरकार खेलमैदानमा जीप घुमाउने क्रममा पल्टिँदा घाइते पाँचैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

#दुर्घटना #घाइते
Compare →
Bizshala
15h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #तकको
Compare →

Related Stories

World News
Build #2611