आज बिहान पौने ३ बजे स्थानीय जनकलाल राईको घरमा आगलागी भएको हो।
पाँचथर — पाँचथरको सदरमुकाम फिदिम नगरपालिका वडा नम्बर ४ मा आगलागी भएको छ ।
आज बिहान पौने ३ बजे स्थानीय जनकलाल राईको घरमा आगलागी भएको हो। विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
पक्की घरको सिद्धान्तलामा रहेको भान्साघरबाट आगो लागेको थियो। स्थानीय प्रहरी र दमकलको मद्दतले आगो नियन्त्रण गरिएको छ । क्षतिको विवरण सङ्कलन हुन बाँकी छ।
लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।