Trending
Prev Story
Next Story

पर्यटनमन्त्री पौडेल लण्डनमा, वर्ल्ड ट्राभल मार्केटमा नेपालबाट ३३ स्टल

Onlinekhabar •
November 03, 2026 • 02:01 AM
1
1 reads 0 reactions

१७ कात्तिक, लन्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडकराज पौडेल (गनेश) लन्डन आइपुगेका छन् । मन्त्री पौडेल पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) २०२६ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै …

पर्यटनमन्त्री पौडेल लण्डनमा, वर्ल्ड ट्राभल मार्केटमा नेपालबाट ३३ स्टल

१७ कात्तिक, लन्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडकराज पौडेल (गनेश) लन्डन आइपुगेका छन् ।

मन्त्री पौडेल पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) २०२६ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लन्डन आएका हुन् । वर्ल्ड ट्राभल मार्केट ३ देखि ५ नोभेम्बर २०२६ सम्म एक्सेल लन्डनमा हुँदैछ ।

मन्त्री पौडेललाई सोमबार बिहान बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए । मन्त्री पौडेलको स्वागतमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सन्तोष पन्त, दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाह, पर्यटन बोर्ड र दूतावासका अन्य कर्मचारीहरु पनि सहभागी थिए ।

कार्यवाहक राजदूत दुवाडीले नेपाल पर्यटन बोर्डको संयोजकत्वमा ३२ कम्पनीले मेलामा भाग लिएको जनाए । होटल सोल्टी भने आफ्नै तरिकाले मेलामा सहभागी छ । विश्व मञ्चमा नेपालको सकारात्मक सन्देश र पर्यटन प्रवर्धनका लागि डब्लुटिएम सहभागिता उपयोगी हुने विश्वास दुवाडीको छ ।

मेलाका क्रममा मन्त्री पौडेलले विभिन्न देशका पर्यटनमन्त्रीसँग भेटघाट गर्ने जनाइएको छ । मेलामा नेपालको सहभागिताले दिगो पर्यटन, बजारीकरण र आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मेलामा हाल बेलायत भ्रमणमा रहेका रास्वपा सांसद मनिष झा समेत सहभागी हुने कार्यक्रम छ ।

सन् १९८० देखि शुरु वर्ल्ड ट्राभल मार्ट लन्डन आइटिबी बर्लिनपछि पर्यटन व्यवसायीहरुको दोश्रो ठूलो विश्व मेला मानिन्छ । यो दशकौंदेखि ग्लोबल ट्राभल एण्ड टुरिजमको प्रभावशाली इभेन्ट समेत बनेको छ ।

गत वर्ष वर्ल्ड ट्राभल मार्केटमा १८० देशका झण्डै ४५ हजार आगन्तुक र करिब ५ हजार प्रदर्शक भेला भएका थिए ।

यसैबीच, मन्त्री पौडेलको सम्मानमा दूतावासले बुधबार एक ‘रिसेप्सन’ समेत राखेको छ जसमा नेपाली प्रतिनिधिमण्डल पनि सहभागी हुनेछ । पौडेल आउँदो ६ नोभेम्बरमा नेपाल फर्कने कार्यक्रम छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1w ago
डब्ल्यूटीएम लन्डनमा नेपालको पर्यटन प्रवर्द्धन सम्भावना प्रस्तुत

डब्ल्यूटीएम लन्डनमा नेपालको पर्यटन प्रवर्द्धन सम्भावना प्रस्तुत

बेलायतको लन्डनमा आयोजित विश्वकै प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला ‘वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२६’ मा नेपालले वेलनेस, साहसिक, सांस्कृतिक तथा दिगो पर्यटनका सम्भावना प्रस्तुत गरेको छ।

#लन्डन #पर्यटन
Compare →
Hamro Patro News
1d ago
कानूनको नाममा हुने राजनीतिक प्रतिशोध, मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल

कानूनको नाममा हुने राजनीतिक प्रतिशोध, मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेसका समस्या र आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको एजेण्डा तथा योजना निर्माण गर्नुपर्ने बताएका छन्। बिहीबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले ...

#पौडेल
Compare →

Related Stories

National (Nepal)
Build #2611