उमेरले ८० वर्ष पुग्नुभएका इनरुवा नगरपालिका–४ महेन्द्र चोकका गोविन्दबहादुर कार्कीको जाँगर भने अझै तन्नेरीको जस्तै छ । उहाँ बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा समय बिताउनुहुन्छ । डेढ बिघा क्षेत्रफलमा फैलिएको उहाँको सुपारी बगानको चिटिक्क परेको स्वरूपले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ ।
लहरै लाइन मिलाएर रोपिएका सुपारीका बिरुवा, व्यवस्थित र सफा बगान प्रत्येक बोटको फेदमा रङ्ग्याइएको सेतो चुनले बगानलाई थप आकर्षक बनाएको छ । पुख्र्यौली रूपमा खेतीकिसानी गर्दै आउनुभएका कार्कीले १५ वर्षअघि रहरले सुरु गर्नुभएको सुपारीखेती अहिले आम्दानीको राम्रो स्रोत बनेको छ ।
Read full story at source ( barnanmedia.com )