Trending
Prev Story
Next Story

सभापोखरी हाइड्रोपावरको १०.७५ लाख कित्ता आईपीओको प्रत्याभूति गरिमा क्यापिटलले गर्ने

Bizshala •
October 22, 2026 • 11:26 AM
2
2 reads 0 reactions

काठमाण्डौ । सभापोखरी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको १० लाख ७५ हजार कित्ता साधारण...

सभापोखरी हाइड्रोपावरको १०.७५ लाख कित्ता आईपीओको प्रत्याभूति गरिमा क्यापिटलले गर्ने

काठमाण्डौ । सभापोखरी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको १० लाख ७५ हजार कित्ता साधारण सेयरको प्रत्याभूति गरिमा क्यापिटल लिमिटेडले गर्ने भएको छ।

गरिमा क्यापिटल र सभापोखरी हाइड्रोपावरबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रत्याभूति (अन्डरराइटिङ) सम्बन्धी सम्झौता सम्पन्न भएको हो।

सम्झौताअनुसार सभापोखरी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न लागेको कुल १० लाख ७५ हजार कित्ता साधारण सेयरको कुल १० करोड ७५ लाख रुपैयाँ बराबरको प्रत्याभूति गरिमा क्यापिटलले गर्नेछ।

गरिमा क्यापिटलको कमलपोखरीस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अशोक सुवेदी र सभापोखरी हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सभापोखरी हाइड्रोपावरले संखुवासभाको सभापोखरी गाउँपालिका–३ मा ५ मेगावाट क्षमताको लंखुवा खोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजना २०८१ माघमा निर्माण सम्पन्न भई ३३ केभी प्रसारण लाइनमार्फत टुम्लिङटार सबस्टेशन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको कम्पनीले जनाएको छ।

गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो। कम्पनीले लगानी व्यवस्थापन, डिम्याट तथा मेरो सेयर सेवा, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, अन्डरराइटिङ, म्युचुअल फण्ड व्यवस्थापन, डिपोजिटरी सेवा, सेयर रजिस्ट्रेशन तथा संस्थागत परामर्शलगायत सेवा प्रवाह गर्दै आएको छ।

कम्पनीका सेवाहरू गरिमा विकास बैंकका शाखा कार्यालयमार्फत समेत सहजीकरण हुँदै आएको जनाइएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
4w ago
सभापोखरी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, प्रत्याभूतिकर्तामा गरिमा क्यापिटल नियुक्त

सभापोखरी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, प्रत्याभूतिकर्तामा गरिमा क्यापिटल नियुक्त

गरिमा क्यापिटल लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच असोज २८ गते प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को प्रत्याभूति सम्बन्धी सम्झौता सम्पन्न भएको...

#सभापोखरी #गरिमा #क्यापिटल
Compare →
Hamro Patro News
2w ago
हिम पर्वत हाइड्रोपावरको आईपीओ आजदेखि खुला

हिम पर्वत हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडौं – हिम पर्वत हाइड्रोपावर लिमिटेडले आज (कात्तिक ११ गते) देखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका...

#हाइड्रोपावर #आईपीओ
Compare →
Onlinekhabar
3w ago
गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित

२६ असोज, काठमाडौं । गरिमा विकास बैंकको बीसौं वार्षिक साधारणसभा सोमबार पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । उक्त साधारणसभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी …

#गरिमा
Compare →

Related Stories

Business & Economy
Build #2612