Trending
Prev Story
Next Story

राष्ट्रिय परिचयपत्र नभए पनि सार्वजनिक सेवा नरोकिने

Nagarik News •
November 02, 2026 • 01:01 PM
1
1 reads 0 reactions

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नहुँदा पनि सार्वजनिक सेवा प्रवाह भइरहेको स्पष्ट पारेको छ।

राष्ट्रिय परिचयपत्र नभए पनि सार्वजनिक सेवा नरोकिने

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नहुँदा पनि सार्वजनिक सेवा प्रवाह भइरहेको स्पष्ट पारेको छ।

सोमबार एक सूचना जारी गर्दै विभागले राहदानी, बैंक तथा वित्तीय सेवा, सवारी चालक अनुमतिपत्रलगायत सेवा प्रवाहमा समस्या नहुने उल्लेख गरेको हो।

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि सार्वजनिक सेवा नरोक्न सम्बन्धित निकायलाई विभागले आग्रह गर्दै परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सरोकार भएकाहरूलाई नियमित रूपमा सार्वजनिक सेवा प्रवाह भइरहेको जनाएको हो।

विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा नागरिकको विवरण दर्ता तथा राष्ट्रिय परिचय नम्बर जारी गर्ने कार्य नियमित रूपमा भइरहेको छ।

तर, नागरिकको विवरण प्रमाणीकरण गर्न आवश्यक पर्ने अटोमेटिक बायोमेट्रिक इन्फर्मेसन सिस्टमको क्षमताका कारण केही नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भएको हो।

विभागले गत असोज १ गतेपछि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराई राष्ट्रिय परिचय नम्बर प्राप्त गरेका नागरिकको हकमा यस्तो समस्या देखिएको जनाएको छ।

‘अटोमेटिक बायोमेट्रिक इन्फर्मेसन सिस्टम’ (स्वचालित रूपमा मानिसको विवरण प्रमाणीकरण गर्ने प्रणाली) को क्षमता विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै विभागले आगामी दुई साताभित्र उक्त कार्य सम्पन्न भई विवरण प्रमाणीकरण सेवा नियमित हुने अपेक्षा गरेको छ।

विभागले यस विषयमा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्ध भएका सेवाप्रदायक निकायलाई जानकारी गराउनुका साथै आवश्यक समन्वय गरिसकेको जनाएको छ।

पछिल्लो समय राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण प्रमाणीकरणमा समस्या हुँदा विशेषगरी सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन असहज भएको भन्दै सेवाग्राहीबाट गुनासो आउने गरेको थियो।

यस्तो अवस्थालाई सम्बोधन गर्दै विभागले गत असोज १ गतेपछि विवरण दर्ता गरी राष्ट्रिय परिचय नम्बर प्राप्त गरेका नागरिकको विवरण प्रमाणीकरण नभएकाहरू सार्वजनिक सेवा प्राप्त गर्नबाट वञ्चित हुन नपर्ने जनाएको छ।

विभागले सम्बन्धित सबै निकायलाई उक्त व्यवस्थाबारे जानकारी गराउँदै प्रमाणीकरणमा देखिएको प्राविधिक समस्याका कारण सेवाग्राहीलाई सेवा प्राप्त गर्न असहज हुने अवस्था हुन नदिन आग्रह गरेको छ।

प्रकाशित: १६ कार्तिक २०८३ १८:४६ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
राष्ट्रिय परिचयपत्र विवरण प्रमाणीकरण नभए पनि सार्वजनिक सेवा प्रवाह नरोकिने

राष्ट्रिय परिचयपत्र विवरण प्रमाणीकरण नभए पनि सार्वजनिक सेवा प्रवाह नरोकिने

काठमाडौं : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नहुँदा समेत सार्वजनिक सेवा प्रवाह भइरहेको स्पष्ट पारेको छ। आज एक सूचना जारी गर्दै विभागले राहदानी, बैंक तथ...

#परिचयपत्र #प्रमाणीकरण #प्रवाह
Compare →
Onlinekhabar
1d ago
ट्रम्पले बाइडेनलाई भनेका थिए- राजनीति नभएको भए हामी असल साथी हुन्थ्यौं

ट्रम्पले बाइडेनलाई भनेका थिए- राजनीति नभएको भए हामी असल साथी हुन्थ्यौं

अमेरिकी राजनीतिमा एक–अर्काका कट्टर प्रतिद्वन्द्वी मानिने राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेनबीच बन्द कोठाभित्र हुने संवाद सार्वजनिक छविभन्दा बिल्कुलै फरक रहने गरेको तथ्य बाहिरिएको छ । आगामी साता सार्वजनिक हुन लागेको आफ्नो संस्मरण ‘प्रोमिस मी, …

#नभए
Compare →

Related Stories

Technology
Build #2611