Trending
Prev Story
Next Story

चेम्बर अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट, व्यापार तथा लगानी सहकार्यमा जोड

Onlinekhabar •
November 02, 2026 • 12:01 PM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र …

चेम्बर अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट, व्यापार तथा लगानी सहकार्यमा जोड

१६ कात्तिक, काठमाडौं । नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानबीच मंगलबार चेम्बर भवनमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको व्यापार तथा लगानी अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको हो ।

भेटमा अध्यक्ष अग्रवालले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै लामो समयदेखिको सम्बन्धलाई अब व्यावहारिक आर्थिक उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताए । सन् १९८२ मा द्विपक्षीय व्यापार सम्झौता र सन् १९८३ मा संयुक्त आर्थिक आयोग स्थापना भए पनि अपेक्षाअनुसार व्यापारिक गतिविधि विस्तार हुन नसकेको उनको भनाइ थियो ।

उनले औपचारिक सम्झौता र कूटनीतिक संवादमा मात्र सीमित नभई दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्पर्क (बीटुबी), बजार पहुँच, संयुक्त लगानी र व्यापारिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए ।

अग्रवालले नेपाली चिया, ठूलो अलैँची, अदुवा, जडीबुटी, आवश्यक तेल तथा प्रशोधित कृषि उत्पादन पाकिस्तान निर्यात गर्न सकिने सम्भावना औँल्याए। नेपाली उत्पादनको गुणस्तर, प्याकेजिङ, ब्रान्डिङ, प्रमाणीकरण र नियमित आपूर्ति सुनिश्चित गर्न सके पाकिस्तानी बजारमा राम्रो सम्भावना रहेको उनले बताए । त्यसैगरी पाकिस्तानको औषधि उत्पादन तथा कपडा उद्योगसम्बन्धी अनुभवबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै औषधि, स्वास्थ्य उपकरण, स्वास्थ्य सेवा, प्राविधिक तालिम, अनुसन्धान तथा संयुक्त लगानीका क्षेत्रमा सहकार्य गर्न सकिने धारणा राखे ।

उनले सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल सेवा, स्टार्टअप, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई नेपाल–पाकिस्तान आर्थिक सहकार्यका महत्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गरे । विशेषगरी सूचना प्रविधि र पर्यटनमा भौगोलिक दूरीले ठूलो अवरोध सिर्जना नगर्ने भएकाले यी क्षेत्रमा तत्काल सहकार्य अघि बढाउन सकिने उनको भनाइ थियो ।

राजदूत खानले नेपालसँगको सम्बन्धलाई पाकिस्तानले विशेष महत्व दिएको उल्लेख गर्दै दुवै देशबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध भए पनि आर्थिक सम्बन्ध अपेक्षाअनुसार विस्तार हुन नसकेको बताए। नेपालसँग आर्थिक सम्बन्ध पुनः जोड्नु आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामध्ये एक रहेको उनको भनाइ थियो ।

उनले नेपाल र पाकिस्तान दुवै देशमा युवा जनशक्तिको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नयाँ पुस्ताको सोच, प्रविधि र उद्यमशीलतालाई आर्थिक सहकार्यमा जोड्नुपर्ने बताए। बदलिँदो विश्व अर्थतन्त्रमा भौगोलिक दूरीभन्दा आर्थिक कूटनीति, डिजिटल प्रविधि र प्रभावकारी सम्पर्क सञ्जाल महत्वपूर्ण हुने उनको धारणा थियो ।

भेटका क्रममा राजदूत खानले नेपालमा हालै आएको बाढी तथा पहिरोबाट रसुवा र आसपासका क्षेत्रमा भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल चेम्बर अफ कमर्स, नेपाली व्यवसायी तथा प्रभावित समुदायप्रति पाकिस्तान सरकार र जनताको तर्फबाट ऐक्यबद्धता व्यक्त गरे ।

भेटवार्तामा नेपाल–पाकिस्तानबीच व्यापार, लगानी, पर्यटन, सूचना प्रविधि, कृषि, औषधि उद्योग, हवाई तथा स्थल सम्पर्क विस्तारलगायत विषयमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । उक्त भेटमा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्रा लगायतको उपस्थिती रहेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
क्षेत्रीय स्वास्थ्य प्रणाली सबल बनाउन सदस्य राष्ट्रबिच सहकार्य आवश्यक : मन्त्री मेहता

क्षेत्रीय स्वास्थ्य प्रणाली सबल बनाउन सदस्य राष्ट्रबिच सहकार्य आवश्यक : मन्त्री मेहता

नेपालले क्षेत्रीय स्वास्थ्य प्रणालीलाई सबल बनाउँदै सङ्क्रामक रोग नियन्त्रणमा जोड दिएको छ। यस्तै एन्टिमाइक्रोबियल प्रतिरोध न्यूनीकरण र स्वास्थ्य आपतकालीन अवस्थाको पूर्वतयारीमा सदस्य राष्ट्रबिच सहका...

#सहकार्य
Compare →
Nagarik News
1d ago
डिजिटल रूपान्तरण लागि नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने

डिजिटल रूपान्तरण लागि नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने

भेटवार्तामा सञ्चारमन्त्री डा तिमिल्सिनाले डिजिटल सुशासनका क्षेत्रमा इस्टोनियाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै नेपालले त्यसबाट महत्त्वपूर्ण अनुभव र सिकाइ प्राप्त गर्न सक्ने बताए।

#सहकार्य
Compare →
Bizshala
1d ago
सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

काठमाण्डौ । सार्वजनिक सेवालाई प्रविधिमार्फत सहज र एकीकृत बनाउन नेपालले इस्टोनियासँग सहकार्यको प्रस्ताव अघि सारेको...

#सहकार्य
Compare →

Related Stories

Business & Economy
Build #2611