Trending
Prev Story
Next Story

कांग्रेस केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि आयोगमा बुझाइयो

Onlinekhabar •
November 02, 2026 • 12:01 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि निर्वाचन आयोग गएको छ । मंसिर अन्तिम साता सम्पन्न महाधिवेशनबाट निर्वाचन केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि महामन्त्री प्रदीप पौडेलसहितको टोली सोमबार निर्वाचन …

कांग्रेस केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि आयोगमा बुझाइयो

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि निर्वाचन आयोग गएको छ ।

मंसिर अन्तिम साता सम्पन्न महाधिवेशनबाट निर्वाचन केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि महामन्त्री प्रदीप पौडेलसहितको टोली सोमबार निर्वाचन आयोग गएको हो ।

महामन्त्री पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको विवरण  बुझाएका छन् ।

उक्त विवरणसँगै पार्टीको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित समसामयिक राजनीतिक दस्तावेज र महाधिवेशनको निर्णय पनि बुझाइएको छ ।

गत बिहीबार शपथ ग्रहण समारोहपछि बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकको जिम्मा कार्यवाहक मुख्य सचिव दुलाललाई दिएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
14h ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#केन्द्रीय #कांग्रेस
Compare →
Hamro Patro News
4d ago
जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार कैदी मोरङको बूढीगंगाबाट पक्राउ

जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार कैदी मोरङको बूढीगंगाबाट पक्राउ

माेरङ – गत वर्ष भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धारा काठमाडौबाट फरार कैदीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

#केन्द्रीय
Compare →

Related Stories

Politics & Governance
Build #2611