Trending
Prev Story
Next Story

सभामुख अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजबीच भेट

Nagarik News •
November 02, 2026 • 10:50 AM
1
1 reads 0 reactions

सभामुख डोल प्रसाद (डीपी) अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पियरे–आन्द्रे पेजबीच शिष्टाचार भेटवार्ता भएको छ।

सभामुख अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजबीच भेट

सभामुख डोल प्रसाद (डीपी) अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पियरे–आन्द्रे पेजबीच शिष्टाचार भेटवार्ता भएको छ।

भेटका अवसरमा सभामुख अर्यालले स्विट्जरल्यान्डको सहभागितामूलक लोकतन्त्रको सफल अभ्यास र संस्थागत विकासको उच्च प्रशंसा गर्दै नेपाल पनि लोकतन्त्रलाई सुदृढ बनाउन तथा स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरूलाई सशक्त बनाउने प्रयासमा रहेको बताए।

सन् २०२६ को अगस्टमा रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि स्विट्जरल्यान्डका राष्ट्रपति महामहिम गाई पार्मेलिन, राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पेज तथा स्वीस सङ्घीय परराष्ट्र विभागबाट नेपाल सरकार र नेपाली जनताप्रति व्यक्त गरिएको समवेदना सन्देशका लागि सभामुख अर्यालले हार्दिक आभार व्यक्त गरे।

उनले विपद्का बेला स्विट्जरल्यान्डले प्रदान गरेको ऐक्यबद्धता, मानवीय सहायता, कन्सुलर सहयोग तथा खोज तथा उद्धारसम्बन्धी सहयोगको उच्च प्रशंसा गरे।

साथै, मानवीय राहत तथा उद्धार प्रयासमा सहयोग पुर्याउन संयुक्त राष्ट्रसङ्घमार्फत स्विस सरकारले उपलब्ध गराएको २० लाख अमेरिकी डलर बराबरको मानवीय सहायताका लागि धन्यवाद व्यक्त गरे।

नेपाल स्विस विकास तथा सहयोग निकायका प्राथमिकता प्राप्त देशहरूमध्ये एक रहेको उल्लेख गर्दै सभामुख अर्यालले स्विस विकास सहकार्यले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए।

उनले आगामी दिनमा नेपालसँगको विकास सहकार्यको दायरा अझ विस्तार हुने विश्वाससमेत व्यक्त गरे।

सभामुख अर्यालले हालै गठित आठ सदस्यीय नेपाल–स्विस संसदीय मैत्री समूहमार्फत दुई देशबीचको संसदीय सम्बन्ध, सहयोग र अनुभव आदानप्रदानलाई थप सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको बताए।

स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पियरे–आन्द्रे पेजले नेपालको विकासका लागि स्विट्जरल्यान्ड सबै प्रकारको सहयोग गर्न तयार रहेको बताए।

उनले नेपालजस्तो प्राकृतिक स्रोतसाधनले सम्पन्न मुलुकमा प्रकृतिप्रदत्त हिमाल र जलस्रोतको सदुपयोग गरी जलविद्युत् क्षेत्रको विकास गर्न सकिने धारणा व्यक्त गरे।

प्रकाशित: १६ कार्तिक २०८३ १६:३५ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताएका छन् । नेपाल संवत् ११४७ (नयाँ वर्ष) को अवसरमा न्हूँद राष्ट्रिय...

#सभामुख #अर्याल
Compare →
Ekantipur
3d ago
साख्वाःले लोकतन्त्रको अनुपम उदाहरण प्रस्तुत गरेका थिए : सभामुख अर्याल

साख्वाःले लोकतन्त्रको अनुपम उदाहरण प्रस्तुत गरेका थिए : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् वर्ष गणना मात्र नभई ऐतिहासिक सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको जीवन्त संस्कृति भएको बताएका छन् ।

#सभामुख #अर्याल
Compare →
Onlinekhabar
3d ago
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

२४ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताएका छन् । नेपाल संवत् ११४७ (नयाँ वर्ष) को अवसरमा न्हूँद राष्ट्रिय समारोह समितिले मंगलबार वसन्तपुर डबलीमा आयोजना …

#सभामुख #अर्याल
Compare →
Arthasansar
1d ago
इरानी सभामुखको चेतावनी : होर्मुज कहिल्यै पहिलेको अवस्थामा नफर्कन सक्छ

इरानी सभामुखको चेतावनी : होर्मुज कहिल्यै पहिलेको अवस्थामा नफर्कन सक्छ

इरानका सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागर गालिबफले अमेरिका र इजरायलसँगको युद्धअघिको अवस्थामा स्ट्रेट अफ होर्मुज ‘कहिल्यै नफर्कने’ बताएका छन्। अल...

#सभामुख
Compare →

Related Stories

Politics & Governance
Build #2611