Trending
Prev Story
Next Story

सीमा क्षेत्रबाट १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद

Nagarik News •
November 02, 2026 • 10:44 AM
1
1 reads 0 reactions

सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ।

सीमा क्षेत्रबाट १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद

सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुरुप सशस्त्र प्रहरी बल, नेपालले अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वको सरकार बनेदेखि हालसम्म (२०८२ चैत १३ देखि २०८३ कार्तिक १२) सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ।

यस अवधिमा १७ नाल अवैध हातहतियार बरामद भएका छन् भने आठ जना पक्राउ परेका छन्।

लागूऔषध कारोबारमा संलग्न ४२१ जना पक्राउ परेका छन्। उनीहरूबाट ठूलो मात्रामा गाँजा, चरेस, अफिम, खैरो हेरोइन, ट्याब्लेट तथा इन्जेक्सनलगायत लागूऔषध बरामद गरिएको छ।

त्यस्तै, मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ११८ जना बालबालिका छन् भने यसमा संलग्न ९१ जना पक्राउ परेका छन्।

सीमा अतिक्रमण नियन्त्रणतर्फ दशगजाका ३५ स्थानमा रहेका २३७ वटा संरचना हटाइएको छ। १७ स्थानको ७.४४८ बिघा जग्गाबाट खेतीपाती हटाइएको छ। यसैगरी, २०४ स्थानमा ९४.५८८ किलोमिटर क्षेत्र सरसफाइ गरिएको छ।

सीमावासीसँगको सम्बन्ध र जनचेतना अभिवृद्धिका लागि यस अवधिमा २ हजार ८०६ कार्यक्रम सञ्चालन गरिएको छ।

साथै, १४१ सहायता कक्षबाट ३ लाख ४९ हजार ९०८ र १३ पर्यटक सहायता कक्षबाट १० हजार ६५४ जना लाभान्वित भएका छन्।

प्रकाशित: १६ कार्तिक २०८३ १६:२९ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
अवैध फूलमाला भित्र्याउने प्रयास, रु ३९ लाख ७८ हजारको बरामद

अवैध फूलमाला भित्र्याउने प्रयास, रु ३९ लाख ७८ हजारको बरामद

सशस्त्र प्रहरी बलले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट रु ३९ लाख ७८ हजार ७०० मूल्य बराबरका अवैध भारतीय फूलमाला बरामद गरेको छ । काँकडभिट्टा, भद्रपुर र केचनालगायत भारतसँग सीमा जोडिएका क्षेत्रबाट ने...

#अवैध #बरामद #सशस्त्र
Compare →
Onlinekhabar
1d ago
बलान खोलाबाट २३१ किलो गाँजा बरामद

बलान खोलाबाट २३१ किलो गाँजा बरामद

२६ कात्तिक, सिरहा । सिरहा र सप्तरी जिल्लाको सीमा क्षेत्रमा पर्ने बलान खोलाबाट प्रहरीले २३१ किलो लागुऔषध गाँजा बरामद गरेको छ। खोलाको बीचमा खाल्डो खनेर पुरेर राखेको अवस्थामा प्रहरीले सात बोरा गाँजा बरामद गरेको हो। जिल्ला …

#बरामद
Compare →
Arthasansar
4d ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#बरामद
Compare →
Bizshala
1d ago
खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

काठमाण्डौ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा प्रहरीले २३१ किलो ८००...

#बरामद
Compare →

Related Stories

Politics & Governance
Build #2611