Trending
Prev Story
Next Story

काठमाडौंको चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Ekantipur •
November 02, 2026 • 10:32 AM
1
1 reads 0 reactions

गोपीकृष्ण पुलबाट चावहिल चोकतर्फ आउँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको नम्बरको बसले चावहिल ओरालोमा ठक्कर दिएको थियो ।

काठमाडौंको चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गोपीकृष्ण पुलबाट चावहिल चोकतर्फ आउँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको नम्बरको बसले चावहिल ओरालोमा ठक्कर दिएको थियो ।

काठमाडौँ — काठमाडौँको चावहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-१ का सुमनप्रसाद अधिकारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आज बिहान काठमाडौँ महानगरपालिका-७ स्थित चावहिल ओरालोमा गोपीकृष्ण पुलबाट चावहिल चोकतर्फ आउँदै गरेको बाप्र ०२-०५३-१८६४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश ३-०१-००६ ख ०६३० नम्बरको भाडाको बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक अधिकारी गम्भीर घाइते भएकामा उनलाई उपचारका लागि चावहिलस्थित हेल्पिङ हेन्ड्स अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । दुर्घटनामा संलग्न बस र चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले नियन्त्रणमा लिई अनुसन्धान थालिएकने उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु, मोटरसाइकल चालक घाइते

साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु, मोटरसाइकल चालक घाइते

भक्तपुर । भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–१०...

#मोटरसाइकल #ठक्कर #बसको
Compare →
Onlinekhabar
4h ago
बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँद उनको मृत्यु …

#मोटरसाइकल #ठक्कर #नम्बर
Compare →
Nagarik News
5h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं
Compare →
Bizshala
9h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2611