Trending
Prev Story
Next Story

यस्ता छन् प्रतिपक्षी दलहरूको बैठकका चार एजेन्डा

Onlinekhabar •
November 02, 2026 • 08:00 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बस्न लागेको प्रतिपक्षी दलहरूको बैठकका लागि चार वटा एजेन्डा तय गरिएका छन् । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयका अनुसार, प्रतिपक्षी दलहरूको बैठकका लागि चारवटा …

यस्ता छन् प्रतिपक्षी दलहरूको बैठकका चार एजेन्डा

१६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बस्न लागेको प्रतिपक्षी दलहरूको बैठकका लागि चार वटा एजेन्डा तय गरिएका छन् ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयका अनुसार, प्रतिपक्षी दलहरूको बैठकका लागि चारवटा एजेन्डा तय गरिएका हुन् ।

१. न्यायाधीशहरूमाथि महाभियोग लगाउने सम्बन्धमा सत्तारूढ दल रास्वपाको निर्णय, अबको प्रक्रिया र विपक्षीहरूको धारणाबारे ।

२. संसद बैठक र संसदीय छानबिन समिति गठनको माग गर्नेबारे।

३. प्रहरी महानिरीक्षकका विषयमा उठेका आशङ्का तथा प्रश्नहरू र यस सम्बन्धमा साझा धारणा तय गर्नेबारे ।

४. प्रेस स्वतन्त्रता, न्यायालय तथा संवैधानिक निकायहरूको स्वतन्त्रता र स्वायत्तता अक्षुण्ण राख्नेबारे ।

बैठक दिउँसो १ बजे कांग्रेस संसदीय दलको बैठकमा बस्ने बताइए पनि केहीबेर ढिला सुरु भएको छ । बैठकमा सहभागी हुन विभिन्न दलका नेताहरू कांग्रेस संसदीय दलको कार्यालयमा पुगिसकेका छन् ।

बैठकमा सहभागी हुन नेकपा एमालेबाट सचिव तथा उपनेता पद्मा अर्याल, नेपाल कम्युनिस्ट पार्टीबाट संसदीय दलका नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल सहभागी छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रमुख सचेतक खुश्बु ओलीको बैठकमा सहभागिता रहेको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयले जनाएको छ । कांग्रेसले श्रम संस्कृति पार्टी र संसद बाहिर रहेका दलहरूलाई पनि बताएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
6d ago
बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। कांग्रेसको अवरोधपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठक सहमति जुट्न नसक...

#प्रतिपक्षी #कांग्रेस
Compare →
Nagarik News
1d ago
पर्वतीय मुद्दा कोप-३१ को औपचारिक एजेन्डामा नपरेपछि  विकसित देशप्रति अभियन्ता सिंहको आक्रोश

पर्वतीय मुद्दा कोप-३१ को औपचारिक एजेन्डामा नपरेपछि विकसित देशप्रति अभियन्ता सिंहको आक्रोश

हिमाली क्षेत्रको जलवायु जोखिमसम्बन्धी नेपाल र भुटानको प्रस्ताव कोप–३१ को औपचारिक एजेन्डा नबनेपछि अग्रणी जलवायु अभियन्ता हरजित सिंहले हिमाली समुदायको बढ्दो संकट सम्बोधन गर्न विकसित देशहरूले देखाएको उदासीनताको आलोचना गरेका छन्।

#एजेन्डा
Compare →

Related Stories

Politics & Governance
Build #2612