Trending
Prev Story
Next Story

वृश्चिक ५ कात्तिक २०८३, बिहीबार

Onlinekhabar •
October 22, 2026 • 12:37:12 PM
2
2 reads 0 reactions

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

वृश्चिक ५ कात्तिक २०८३, बिहीबार

आज शरीरमा स्फूर्ति र उत्साह केही कम हुन सक्छ । झुटा आरोपका कारण समस्या सामना गर्नुपर्ने सम्भावना छ, तर साँझतिर सहयोग प्राप्त हुनेछ । खानपान र दिनचर्यामा विशेष ध्यान दिनुहोला । मनमा द्विविधा उत्पन्न भए पनि नयाँ तथा शुभ कार्यको योजना बन्नेछ । हनुमानजीको स्मरण गर्दै मनोबल उच्च राख्नुहोला ।

कार्तिक महिनाका प्रारम्भिक दिनहरू केही चुनौतीपूर्ण रहनेछन् । नयाँ योजना कार्यान्वयनमा ल्याउन कठिनाइ हुनुका साथै विगतका समस्या पुनः बल्झिन सक्छन् । तर महिनाको मध्यपछि परिस्थितिमा क्रमशः सुधार आउनेछ । सद्विचार र सकारात्मक सोचका साथ अघि बढ्नेहरूलाई बिस्तारै लाभ प्राप्त हुनेछ । प्रतिष्ठित तथा महत्वपूर्ण कार्य गर्ने अवसर मिल्नेछ । नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने समय रहेको छ । कुनै शुभकार्य गर्नुअघि भगवान् शिवको स्मरण गरी कार्य आरम्भ गर्नाले विशेष लाभ प्राप्त हुनेछ ।

वृश्चिक राशि भएका व्यक्तिहरू का लागि २०८२ साल मिश्रित फलदायी वर्ष रहनेछ । धेरैजसो ग्रह प्रतिकुल रहनाले गरेको कार्यमा ढिलाई हुनेछ । बृहस्पति, शनि, राहु र केतुको प्रभावले वर्ष भरिनै त्यति राम्रो फल नमिल्ला र गरेको कार्यमा उल्झन रहनेछ, तर भौतिक सुख भने मिल्नेछ ।

यो वर्ष व्यापार वा व्यावसायिक दृष्टिले सामूहिक रूपमा नयाँ व्यक्तिसँग व्यवसाय सुरु गर्न सकिनेछ । प्राविधिक क्षेत्रको लगानीले राम्रै फल दिनेछ । शेयर बजारमा गरेको लगानीले पनि सफलता दिलाउनेछ । मेसिनरी वस्तुमा गरेको लगानीले सफलता नमिल्न सक्छ । नगद सापटी लिनेहरू पनि टाडिन सक्छन् ।

व्यावसायिक दृष्टिले वैशाख, भाद्र, असोज र माघ महिना राम्रो हुनेछ । दाम्पत्य जीवन तथा प्रेमी/प्रेमिकाका सम्बन्धमा सामान्य उतारचढाव आउनसक्छ । प्रेमी जोडीको सम्बन्धलाई विवाहमा परिणत गर्न भने गाह्रो होला, तर जन्मकुण्डलीमा सप्तम भाव बलियो भएका व्यक्तिहरूलाई नराम्रो हुँदैन ।

यो वर्ष शैक्षिक क्षेत्रबाट त्यति राम्रो प्रतिफल नमिल्ला । मनमा चञ्चलता बढ्नाले पढाईमा ध्यान दिन नसकिएला । गणित र व्यवस्थापन विषयका विद्यार्थीहरू बढी कमजोर हुनसक्छन् । इन्जिनियरिङ् विषयका विद्यार्थीहरूलाई भने विशेष सफलता मिल्नेछ । जागिरे हरूलाई अबजस आइलाग्न सक्छ । पेशा वा रोजगारमा दबाब र तनाव बढेको महसुस हुनेछ । सामूहिक व्यवसायमा पनि खासै राम्रो हुनेछैन ।

वैदेशिक रोजगारमा लागेकालाई भने राम्रै हुनेछ । यो वर्षमा शरीरमा आलस्यता बढ्नेछ । घर परिवारको स्वास्थ्यमा धन खर्च हुनेछ । रक्त सञ्चारको समस्या पनि बढ्न सक्छ, अत: नियमित व्यायामको अभ्यासले शरीरलाई सन्तुलनमा राख्न सहयोग गर्नेछ ।

असार र फाल्गुन महिनामा स्वास्थ्यप्रति बढी सावधानी अपनाउनु पर्नेछ । प्रत्येक विहीवार लक्ष्मीनारायणको पूजा र उपासना गर्नाले ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । बृहस्पति, शनि, राहु र केतुको ग्रह शान्ति गर्ने ।

आफ्नो जन्म दिनमा रोगीलाई साथ र सहयोग गर्नेहरूलाई भने ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । प्रत्येक दिन आफ्नो इष्‍ट देवताको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1d ago
आजको पञ्चाङ्ग र पात्रो: २६ कात्तिक २०८३, बिहीबार

आजको पञ्चाङ्ग र पात्रो: २६ कात्तिक २०८३, बिहीबार

आज तृतीया तिथि, ज्येष्ठा नक्षत्र र सुकर्मा योग रहेको पञ्चाङ्गको विवरण।

#कात्तिक #२०८३ #बिहीबार
Compare →
Hamro Patro News
1d ago
कार्तिक २६ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल

कार्तिक २६ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल

मेष : तपाईंका लागि शुरुमा स्वास्थ्य समस्या, हानि भए पनि मध्याह्नदेखि लाभ, सम्मान होला । वृष : धन लाभ, जीवनसाथीबाट सहयोग हुने देखिन्छ तर दिउँसोदेखि रोग, कार्य बाधा हुन सक्छ । मिथुन : दिन शुभ फलदाय...

#समस्या #बिहीबार
Compare →

Related Stories

Business & Economy
Build #2612