Trending
Prev Story
Next Story

हानि नोक्सानी कोषबाट प्राप्त हुने २० मिलियन डलरका लागि प्रस्ताव लेखन सुरु

Onlinekhabar •
November 02, 2026 • 07:30 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । नेपाल सरकारले हानि तथा नोक्सानी कोषबाट प्राप्त हुने २० मिलियन अमेरिकी डलर सहयोगका लागि प्रस्ताव लेख्न सुरु गरेको छ । कोषले नेपाललाई २१.६ मिलियन अमेरिकी डलर छुट्याउँदै त्यसमध्ये २० मिलियन डलरको …

हानि नोक्सानी कोषबाट प्राप्त हुने २० मिलियन डलरका लागि प्रस्ताव लेखन सुरु

१६ कात्तिक, काठमाडौं । नेपाल सरकारले हानि तथा नोक्सानी कोषबाट प्राप्त हुने २० मिलियन अमेरिकी डलर सहयोगका लागि प्रस्ताव लेख्न सुरु गरेको छ । कोषले नेपाललाई २१.६ मिलियन अमेरिकी डलर छुट्याउँदै त्यसमध्ये २० मिलियन डलरको परियोजना प्रश्ताव पेश गर्न आग्रह गरेपछि सरकारले प्रस्ताव लेखन र उपयुक्त कार्यान्वयनकारी संस्था छनोटको प्रक्रिया अघि बढाएको हो ।

कृषि, वन तथा पर्यावरण मन्त्रालय, जलवायु परिर्वतन व्यवस्थापन महाशाखा प्रमुख डा‍. महेश्वर ढकालले प्रश्ताव लेख्ने काम सुरु भइसकेको र मंसिर दोश्रो सातासम्म लेखनको प्रारम्भिक चरण पुरा हुने जानकारी दिए ।

नेपाल सरकारले सिधै कोषमा प्रस्ताव पेश गर्न पाउँदैन । कोषसँग आबद्ध राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थामार्फत प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था छ । त्यसैले सरकारले प्रस्ताव लेखनसँगै कार्यान्वयन गर्नसक्ने र छिटो प्रक्रिया अघि बढाउन सक्ने उपयुक्त संस्था छनोटका लागि मूल्याङ्कन पनि गरिरहेको उनले जानकारी दिए ।

‘नेपाललाई २१.६ मिलियन अमेरिकी डलर छुट्याउने र त्यसमध्ये २० मिलियन डलर बराबरको प्रस्ताव पेश गर्न अनुरोध गर्ने निर्णय भएको छ । त्यसको आधिकारिक जानकारी पनि हामीलाई प्राप्त भइसकेको छ । हामीले समिति बनाएर प्रश्ताव लेख्ने प्रारम्भिक काम सुरु गरिसकेका छौं । हामीले प्रस्ताव लेख्ने काम र संस्था खोज्ने काम समानान्तर रूपमा अघि बढाएका छौं,’ ढकालले भने ।

प्रस्तावमा समेटिने कार्यक्रमको प्राथमिकता निर्धारण गर्दा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको अध्ययन र राष्ट्रिय योजना आयोगले तयार पारेको विपद्पछिको आवश्यकता आकलन (पोस्ट डिजास्टर निड्स एसेसमेन्ट) प्रतिवेदनलाई आधार बनाइने ढकालले बताए ।

उनले जलवायुजन्य विपद्बाट सबैभन्दा बढी प्रभावित समुदायको आवश्यकता प्रश्तावको केन्द्रमा राख्दै प्रभावित महिला, बालबालिका र स्थानीय समुदायको जीवन तथा सुरक्षालाई प्राथमिकता दिइने बताए ।

‘नोभेम्बर महिनासम्म प्रस्तावको पहिलो खाका तयार गरी सकेसम्म कोषको १०औँ बोर्ड बैठकअघि नै प्रश्ताव पेश गर्ने गरी काम गरिरहेका छौं । यो प्रश्ताव जनताको जीवन र जीवन सुरक्षामा आधारित हुनुपर्छ । मुख्यगरी सबैभन्दा बढी पीडित भएका बालबालिका र महिलाको अवस्थालाई ध्यानमा राखेर प्रश्ताव बन्नुपर्छ भन्नेमा छौं,’ उनले भने ।

नेपालले प्राप्त गर्न लागेको २० मिलियन डलरको रकम परिमाणका हिसावले ठूलो नभए पनि यसको अन्तर्राष्ट्रिय महत्व रहेकाले विशेष परिस्थितिमा नेपाललाई उपलब्ध गराउन लागिएको सहयोगको प्रभावकारी कार्यान्वयन, नतिजा र हानि तथा नोक्सानी सम्बोधनमा स्थापित गर्ने उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेकाले उत्कृष्ट नमूना प्रश्तुत गर्ने गरी नेपालले रकम परिचालनको खाका तयार गर्नुपर्नेमा जोड एि ।

‘यो २० मिलियन डलर आफैंमा धेरै रकम होइन, तर यसको सांकेतिक महत्व धेरै छ । यो परियोजना कसरी कार्यान्वयन हुन्छ, कस्तो नतिजा दिन्छ र हानि तथा नोक्शानीका क्षेत्रमा भविष्यमा अरूका लागि नजिर स्थापना गर्नसक्छ कि सक्दैन भन्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो छ,’ ढकालले भने ।

त्यसैले धेरै ठाउँमा कार्यक्रम छरिएर सञ्चालन गर्नुभन्दा निश्चित क्षेत्रमा केन्द्रित गरी नमुना परियोजनाका रूपमा कार्यान्वयन गर्ने सरकारको सोच रहेको उनले बताए । यसबाट प्राप्त अनुभव र उपलब्धिलाई अन्य क्षेत्रमा पनि विस्तार तथा पुनरावृत्ति गर्न सहज हुने अपेक्षा सहित परियोजना तयार गर्न तर्फ मन्त्रालय केन्द्रित रहेको उनले बताए ।

‘हामीले धेरै ठाउँमा गतिविधि छरिएर गर्नुभन्दा एकै ठाउँमा केन्द्रित गरेर एउटा रोल मोडल वा डेमोन्स्ट्रेसन इफेक्ट सिर्जना गर्न चाहेका छौं । ताकि भोलि त्यस्तै गतिविधि अन्यत्र पनि दोहोर्‍याउन र विस्तार गर्न यसले सहजीकरण गरोस्,’ मन्त्रालयका प्रवक्ता समेत रहनुभएका ढकालले भने ।

गत अक्टोबर २२ मा बसेको हानि तथा नोक्शानी कोषको भर्चुअल विशेष बैठकले नेपाललाई सो रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

नेपालबाट कृषि, वन तथा पर्यावरण मन्त्री र अर्थमन्त्रीको हस्ताक्षरमा पठाइएको अनुरोधपत्रमाथि छलफल गर्दै बैठकले सर्वसम्मत रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको थियो । न्युज एजेन्सी नेपाल

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1d ago
डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अघिकांश...

#डलर #अमेरिकी
Compare →
Bizshala
1d ago
अमेरिकी डलरको भाउ घट्यो, कति छ खरिद–बिक्रीदर ?

अमेरिकी डलरको भाउ घट्यो, कति छ खरिद–बिक्रीदर ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।जसअनुसार अघिल्लो दिनको तुलनामा...

#डलर #अमेरिकी
Compare →
Hamro Patro News
2d ago
ट्रम्पले बिबिसीविरुद्ध हालेको मुद्दा अघि बढ्ने, ५ अर्ब डलर क्षतिपूर्ति माग

ट्रम्पले बिबिसीविरुद्ध हालेको मुद्दा अघि बढ्ने, ५ अर्ब डलर क्षतिपूर्ति माग

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बिबिसीविरुद्ध दायर गरेको अर्बौं डलरको मानहानिसम्बन्धी मुद्दा अघि बढ्ने भएको छ । सङ्घीय न्यायाधीशले मुद्दा खारेज गर्न बिबिसीले ग...

#डलर #अमेरिकी
Compare →
Nagarik News
1d ago
गुगल कम्पनी अल्फाबेटले एआई पूर्वाधारमा ३.८ अर्ब डलर लगानी थप्ने

गुगल कम्पनी अल्फाबेटले एआई पूर्वाधारमा ३.८ अर्ब डलर लगानी थप्ने

लगानीकर्ताबाट अपेक्षाभन्दा बढी माग आएपछि कम्पनीले सुरुमा तय गरेको लक्ष्यभन्दा ठूलो रकम संकलन गर्न लागेको हो।

#डलर #अमेरिकी
Compare →
Ekantipur
2d ago
२५ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

२५ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १५०.५९मा, युरो रु १६९.०८मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#डलर #अमेरिकी
Compare →

Related Stories

Business & Economy
Build #2611