Trending
Prev Story
Next Story

मधेस प्रदेश सरकार गठनबारे दलहरू बिच सघन संवाद भइरहेको छ : प्रचण्ड

Nagarik News •
November 02, 2026 • 04:38 AM
1
1 reads 0 reactions

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरू बिच सघन संवाद भइरहेको बताएका छन्।

मधेस प्रदेश सरकार गठनबारे दलहरू बिच सघन संवाद भइरहेको छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरू बिच सघन संवाद भइरहेको बताएका छन्।

पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरणका लागि बर्दिबास आएका संयोजक दाहालले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै दलहरू बिच विभिन्न विकल्प खुला राख्दै छलफल भइरहेको स्पष्ट पारे।

उनले भने, 'हामी लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दल मधेस सरकारको स्थायित्वका लागि सघन छलफलमा छौँ, अब चाँडै यसबारे निष्कर्षमा पुग्नेछौँ।'

संयोजक दाहालले लोकतान्त्रिक गणतन्त्रका पक्षधरबीच सहकार्य, समन्वय र आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आफ्नो दलले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिहेको बताए। 'यो अभियान मुख्यतः हाम्रो दलको आन्तरिक साङ्गठनिक काम व्यवस्थित गर्ने सवालमा केन्द्रित छ,' उनले भने, 'यसै अभियानको धरातलबाट हामी  लोकतान्त्रिक गणतन्त्र पक्षधरबीचको सम्बन्ध प्रगाढ बनाउँदै अघि बढ्ने छौँ।'

यसैबीच, सो दलले राष्ट्रिय जागरण अभियानअन्तर्गतको मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम बर्दिबासमा आज आयोजना गरेको छ।

त्यस कार्यक्रममा मधेशभरिका पार्टीका केन्द्रीय सदस्य, मधेस प्रदेश कमिटीका पदाधिकारी र जिल्ला अध्यक्ष/संयोजक सहभागी हुने उक्त दलका मधेश प्रदेश इञ्चार्ज राजु खड्काले जानकारी दिए। यस कार्यक्रममा सो दलका सहसंयोजक माधवकुमार नेपाल पनि सहभागी रहने जनाइएको छ।

प्रकाशित: १६ कार्तिक २०८३ १०:२३ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
आजका समाचार : प्रस्तावित चार न्यायाधीश अनुमोदित, डा. केसीले तोडे अनशन, सरकारप्रति प्रचण्डको आक्रोश, एनपीएल जारी र इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी

आजका समाचार : प्रस्तावित चार न्यायाधीश अनुमोदित, डा. केसीले तोडे अनशन, सरकारप्रति प्रचण्डको आक्रोश, एनपीएल जारी र इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी

संसदीय समितिद्वारा सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सबै चार जनाको नाम अनुमोदन संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार जनाको नाम अनुमोदन गरेको छ । स...

#प्रचण्ड #भइरहे
Compare →
Onlinekhabar
6d ago
आईजीपीलाई पदबाट हटाउँदा अन्याय भयो, सर्वोच्चले न्याय दिने विश्वास छ : प्रचण्ड

आईजीपीलाई पदबाट हटाउँदा अन्याय भयो, सर्वोच्चले न्याय दिने विश्वास छ : प्रचण्ड

२१ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले दानबहादुर कार्कीलाई आईजीपी पदबाट हटाएर …

#प्रचण्ड
Compare →
Arthasansar
17h ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#प्रचण्ड
Compare →

Related Stories

Politics & Governance
Build #2611