Trending
Prev Story
Next Story

स्वास्थ्य अवस्था जटिल भएपछि डा. केसीलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं लगियो

Ekantipur •
November 02, 2026 • 04:02 AM
1
1 reads 0 reactions

रगतमा ग्लुकोज अत्यन्त घटेपछि र मुटुको चालमा गडबडी देखिएसँगै चिकित्सकले केसीको अवस्था जोखिमपूर्ण रहेको बताएका थिए।

स्वास्थ्य अवस्था जटिल भएपछि डा. केसीलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं लगियो

रगतमा ग्लुकोज अत्यन्त घटेपछि र मुटुको चालमा गडबडी देखिएसँगै चिकित्सकले केसीको अवस्था जोखिमपूर्ण रहेको बताएका थिए।

पाँचथर — इलाममा २५औं सत्याग्रहमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार काठमाडौं लगिएको छ । उनलाई लिन आएको सेनाको हेलिकोप्टर बिहान पौने ९ बजे इलामको ठूलो टुँडिखेलमा अवतरण गरेको थियो ।

इलाम अस्पतालमा उपचाररत केसीलाई एम्बुलेन्समार्फत ठूलो टुँडिखेल पुर्‍याइएको थियो । त्यहाँबाट सेनाको हेलिकोप्टरमा राखेर थप उपचारका लागि काठमाडौं पठाइएको इलाम अस्पतालमा उपचारमा संलग्न डाक्टर महेश आचार्यले जानकारी दिए । काठमाडौंस्थित महाराजगन्जको त्रिवि शिक्षण अस्पतालमा लगिने बताइएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै सत्याग्रहमा रहेका केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार राति इलाम अस्पताल भर्ना गरिएको थियो । आइतबार अस्पतालले पत्रकार सम्मेलन गरी उनको अवस्था जोखिमपूर्ण रहेको जनाएको थियो ।

उपचारमा संलग्न डा. आचार्यका अनुसार केसीको रगतमा ग्लुकोजको मात्रा घटेर ३५ मिलिग्राम प्रतिडेसिलिटर पुगेको थियो । मुटुको चालमा समेत गडबडी देखिएको, पिसाबमा एसिटोनको मात्रा बढेको र रक्तचाप १००/६० रहेको चिकित्सकले बताएका थिए । शरीरमा पानी चढाइए पनि ग्लुकोज दिन भने केसीले अस्वीकार गर्दै आएका थिए । चिकित्सकले ग्लुकोजको मात्रा नबढे जीवन नै जोखिममा पर्न सक्ने भन्दै आवश्यक उपचारका लागि आग्रह गरेका थिए ।

केसीले गत बिहीबार साँझ इलामको नारायणस्थानबाट २५औं सत्याग्रह सुरु गरेका थिए । उनले चिकित्सा शिक्षा आयोगले कैलालीस्थित गेटाको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आवश्यक पूर्वाधार र जनशक्तिबिनै एमबीबीएस, नर्सिङलगायत शैक्षिक कार्यक्रमका लागि सिट निर्धारण गरेको भन्दै उक्त निर्णय खारेज गर्न माग गरेका छन् ।

उनका मागमा मापदण्डविपरीत मेडिकल कलेजमा बढाइएका सिट खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलगायत सम्बन्धित पदाधिकारीको नियुक्ति र निर्णयमाथि छानबिन गर्नुपर्ने तथा सरकारी स्वास्थ्य शैक्षिक संस्थामा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था लागू गर्नुपर्ने विषय पनि छन् ।

त्यसैगरी सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, विश्वविद्यालयसम्बन्धी ऐनका विवादित प्रावधान संशोधन गर्नुपर्ने तथा इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना गर्ने विगतका सहमति कार्यान्वयन गर्नुपर्ने उनको माग छ । बर्दिवास मेडिकल कलेज निर्माण आयोजना खारेज गर्ने निर्णय बदर गरी निर्माण अघि बढाउनुपर्ने मागसमेत उनले राखेका छन् ।

सरकारले यसअघि केसीसँग भएका सहमति कार्यान्वयनका लागि कार्यदल गठन गरेको जनाएको छ । तर सहमति कार्यान्वयनमा ढिलाइ भएको र चिकित्सा शिक्षा सञ्चालनमा न्यूनतम मापदण्डसमेत पालना नभएको भन्दै उनले सत्याग्रह सुरु गरेका थिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौँ । काठमाडौँ–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो सडकमा रातिको समयमा यात्रुवाहक सवारी साधन सञ्चालनका लागि नयाँ समय तालिका लागू गरेक...

#काठमाडौं
Compare →
Nagarik News
7h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं
Compare →
Bizshala
12h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं
Compare →
Onlinekhabar
12h ago
सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो

सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आकासिंदो मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थपेको आरोप लगाएका छन् । ‘सरकारको नांगो अकर्मण्यता’ भनेर सामाजिक सञ्जालमा लेख्दै उनले सरकारको आलोचना गरेका हुन् । विजयादशमी र …

#केसी
Compare →

Related Stories

Health & Wellness
Build #2611