Trending
Prev Story
Next Story

‘गाउँमा चिया–नास्ता पसल गरेर घरखर्च चलाएकी छु’

Ekantipur •
March 25, 2026 • 11:19 PM
1
1 reads 0 reactions

सीप सिके जीवन बदल्न सकिन्छ भन्ने विश्वास जागेको छ । पहिले सीप नहुँदा गाउँमै यत्तिकै बस्दा गाह्रो लाग्थ्यो । तालिम पाएपछि कम्तीमा आफैँले दुई-चार पैसा कमाउने क्षमता बढेको छ ।

‘गाउँमा चिया–नास्ता पसल गरेर घरखर्च चलाएकी छु’

सीप सिके जीवन बदल्न सकिन्छ भन्ने विश्वास जागेको छ । पहिले सीप नहुँदा गाउँमै यत्तिकै बस्दा गाह्रो लाग्थ्यो । तालिम पाएपछि कम्तीमा आफैँले दुई-चार पैसा कमाउने क्षमता बढेको छ ।

रामेछाप — जिन्दगीमा धेरै नाफा कमाउन सकिएको छैन । त्यो भनेर खाली हात पनि बस्नु परेको छैन । थोरथोरै भए पनि बचत गरेर व्यवसाय बढाउने सोच बनाएकी छु ।

समय सधैं एकनासको पनि हुँदैन । कहिले के पर्छ, पत्तै हुँदैन । तैपनि समयले साथ दिएमा मेरो योजना पूरा हुने विश्वास छ । रामेछापको सुनापति गाउँपालिका–४, डहुस्थित फुकुङमा मेरो बसोबास छ । धैर्य र लगन भएमा जीवनमा बिस्तारै परिवर्तन ल्याउन सकिने रहेछ । यो आफ्नै परिवर्तनको कथा पनि हो ।

अहिले म ४० वर्ष पुग्न लागेँ । केही वर्षअघिसम्म मेरो दैनिकी घरधन्दा, घाँसपातमा सीमित थियो । अधिकांश समय बाख्रा स्याहार गररै बित्थ्यो । तर, अहिले म पसले भइसकेँ । गाउँमै सानो चिया–नास्ता व्यवसाय सञ्चालन गरिरहेकी छु । यसले मलाई आत्मनिर्भर बनाएको छ । एक्कासि गृहिणीबाट व्यापारी बनेकी होइन । दुई वर्षअघि सामुदायिक विकास समाज (सीडीएस)मार्फत स्वरोजगारसम्बन्धी तालिम लिने अवसर पाएकी थिएँ । हामीजस्ता गाउँमा बस्ने महिलाले यस्तो अवसर पाउनु ठूलो कुरा थियो ।

गाउँघरका धेरै महिला अझै पनि सीपको अभावमा घरधन्दामै सीमित छन् । उनीहरूलाई आवश्यकता अनुसार सीपमूलक तालिम दिन सकियो भने उनीहरूले पनि गाउँमै केही न केही उद्यम गरेर आम्दानी गर्न सक्छन् । संस्थाले तालिमसँगै आर्थिक रूपमा पनि सहयोग गर्‍यो । त्यसले श्रीमान‍्माथि निर्भर हुनुपर्ने अवस्था हट्यो । संस्थाबाट प्राप्त आवश्यक सामग्रीले मलाई व्यवसाय सुरु गर्ने हिम्मत दियो । अहिले म गाउँमा चिया–नास्ता पसल सञ्चालन गरेर आफैं कमाउने भएकी छु । घरखर्च चलाउन सक्ने भएकी छु ।

धेरै आम्दानी नभए पनि दैनिक खर्च टार्न र बालबच्चाको आवश्यकता पूरा गर्न सहयोग भइरहेको छ । सीप सिके जीवन बदल्न सकिन्छ भन्ने विश्वास जागेको छ । पहिले सीप नहुँदा गाउँमै यत्तिकै बस्दा गाह्रो लाग्थ्यो । तालिम पाएपछि कम्तीमा आफैँले दुई-चार पैसा कमाउने क्षमता बढेको छ । मेरो निर्णयमा पारिवारको साथ सहयोग पनि जोडिएको छ । सुरुमा साना बालबालिका भएकाले छाडेर बाहिर जागिर गर्न जाने सम्भावना पनि थिएन । त्यसैले गाउँमै बसेर सानोतिनो होटल व्यवसाय सुरु गरेकी हुँ । अहिले व्यवसाय गरेर ठिक गरेँ भन्ने लागेको छ ।

अहिले मेरो व्यवसाय सामान्य रूपमा चलिरहेको छ । गाउँमा बोधिचित्त माला बिक्री हुने सिजनमा त व्यापार अझै बढ्ने गरेको छ । अन्य समयमा पनि दैनिक गुजारा चल्ने आम्दानी भइरहेकै हुन्छ । यसैको आम्दानीबाट दुई सन्तानको पठनपाठन र लालनपालन गर्दै आइरहेकी छु । घरखर्च कटाएर केही रकम बचत गरिरहेकी छु । अन्य बेलाभन्दा बोधिचित्त मालाको सिजनमा भने राम्रै आम्दानी हुन्छ । मलाई पहिलेदेखि नै होटल क्षेत्रमा काम गर्ने रहर थियो । त्यसैले यही क्षेत्रमा सीप सिकेर गाउँमा व्यवसाय सुरु गरेँ । धेरै कमाउन त सकेको छैन, तर धेर–थोर आम्दानीले घरखर्च धान्न भने सहयोग गरिरहेको छ ।

मेरो अनुभवमा गाउँघरका धेरै महिला अझै पनि सीपको अभावमा घरधन्दामै सीमित छन् । उनीहरूलाई आवश्यकताअनुसार सीपमूलक तालिम दिन सकियो भने उनीहरूले पनि गाउँमै केही न केही उद्यम गरेर आम्दानी गर्न सक्छन् ।

गाउँमा धेरै कुरा किनमेल गर्न पर्दैन । हरियो–परियो पनि बारीमै फल्छ । त्यसैले थोरै कमाइले घरखर्च धान्न सकिन्छ । यसबाटै परिवारको आर्थिक अवस्था सुधार्न सहज हुन्छ । आफूले पनि केही उद्यम गरेमा कम्तीमा श्रीमानको कमाइ बचत गर्न सकिन्छ । त्यसले सिंगो परिवारलाई अघि बढाउन सहयोग मिल्छ । सीप, अवसर र हिम्मत भए गाउँमै बसेर पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने मेरो अनुभव छ ।

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
पीएचडी गरेका कमलको कृषि र पर्यटनलाई जोड्ने बन्दीपुर फार्म हाउस

पीएचडी गरेका कमलको कृषि र पर्यटनलाई जोड्ने बन्दीपुर फार्म हाउस

२६ कात्तिक, तनहुँ । सहरको सुविधासम्पन्न जीवन, आफ्नै पाँचतले घर र दुई दशकभन्दा लामो जागिरे जीवन छाडेर गाउँ फर्किनु धेरैका लागि सहज निर्णय होइन। तर डा. कमल पण्डितका लागि भने सहरको भीडभाड र कोलाहलभन्दा गाउँको …

#गाउँ #जीवन
Compare →
Bizshala
9h ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#गाउँ
Compare →
Hamro Patro News
9h ago
एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा

एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा

सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी ९इभी० दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको...

#गाउँ
Compare →
Nagarik News
12h ago
भीमफेदी दुर्घटना : छठको चुल्होमा आगो बलेन, गाउँमा शवको प्रतीक्षा

भीमफेदी दुर्घटना : छठको चुल्होमा आगो बलेन, गाउँमा शवको प्रतीक्षा

छठको अर्घ्य दिन घर फर्किने प्रतीक्षामा थिइन् निर्मला, तर बुहारी, तीन नातिनी र दुई छोराको शव पर्खिनुपर्ने नियतिले उनको आँगनलाई शोकमा बदलिदियो।

#गाउँ
Compare →

Related Stories

World News
Build #2611