Trending
Prev Story
Next Story

विवादास्पद खेलबारे सुदूरपश्चिमले मुख खोल्यो

Ekantipur •
November 01, 2026 • 05:01 PM
1
1 reads 0 reactions

विराटनगर किंग्सविरुद्ध ३५ रनको हारमा परिणत भएको एक घण्टाभन्दा लामो प्रशासनिक ढिलाइबारे सुदूरपश्चिमका मुख्य प्रशिक्षक मिसबाह उल–हकले आफ्नो टोलीको धारणा सार्वजनिक गरेका छन्

विवादास्पद खेलबारे सुदूरपश्चिमले मुख खोल्यो

विराटनगर किंग्सविरुद्ध ३५ रनको हारमा परिणत भएको एक घण्टाभन्दा लामो प्रशासनिक ढिलाइबारे सुदूरपश्चिमका मुख्य प्रशिक्षक मिसबाह उल–हकले आफ्नो टोलीको धारणा सार्वजनिक गरेका छन्

काठमाडौँ — विराटनगर किंग्सविरुद्ध शनिबार राति ५–५ ओभरको खेल एक घण्टाभन्दा बढी समय ढिला हुनुको मुख्य कारण सुदूरपश्चिम रोयल्स देखिएको थियो । किनकि जब विराटनगर खेल्न पूर्ण रूपमा तयार भएर फुटबल खेल्दै समय बिताइरहेको थियो । त्यो समयमा म्याच रेफ्री श्रीलंकाली वेन्डल लाब्रोय दुवै टोलीका मुख्य प्रशिक्षक, कप्तान र म्यानेजरसॅग छलफल गरिरहेका थिए ।

जब विराटनगरले ३५ रनको प्रभावशाली जित दर्ता गर्दै खेल समाप्त गर्‍यो, तब खेलपछिको पुरस्कार वितरण समारोहमा पनि उस्तै दृश्य देखियो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी देखिएनन् । खेलपछिको अफिसियल ब्रोडकास्टमा प्रस्तोताले सामान्यतः दुवै टिमका कप्तानसॅग खेलबारे कुराकानी गरेर टुंगिन्छ । तर सञ्चालकको भूमिकामा पनि रहेका कमेन्टेटर एन्ड्रयु लेनार्डले विराटनगरका कप्तान सन्दीप लामिछानेसँग मात्र कुराकानी गरे ।

किनभने दीपेन्द्रमात्र नभई प्लेयर अफ द म्याच प्रिजेन्टेसन कार्यक्रममा सुदूरपश्चिमका कोही पनि प्रतिनिधि थिएनन् । खेलपछि प्रेस कन्फ्रेन्समा पनि सुदूरपश्चिमका प्रतिनिधि थिएनन् । सन्दीप भने उपस्थित थिए ।

कान्तिपुरले आइतबार दिउॅसो सुदूरपश्चिमका मुख्य प्रशिक्षक मिसवाह उल–हकलाई भेट्दा रोयल्स टिम म्याच रेफ्री र आयोजकको अव्यावसायिक व्यवहारको सिकार भएको संकेत गरे । खेल इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक मिसबाहले भने, ‘त्यो खेल जोखिम मोल्न लायक थिएन ।’

टिम होटलमा भएको कुराकानीमा पाकिस्तानी पूर्वकप्तानले भने, ‘प्रतियोगिता भर्खरै सुरु हुँदै छ, बाँकी चारवटा लिग खेल खेल्नुपर्छ र त्यसपछि प्लेअफ, फाइनल हुनसक्छ र यो खेलका लागि सबैलाई जोखिममा पार्नु उचित थिएन ।’

के तपाईंहरूले पहिला खेल्छु भनेर स्वीकृति जनाएपछि खेल्दिनँ भनेको हो ? भन्ने प्रश्नमा मिसबाहले दाबी गर्दै भने, ‘उनीहरूले यो खेल खेल्नेछौं भनेर आफै निर्णय गरे र आफै स्वीकृति जनाएका हुन्, हामीले खेल्छौं भनेका थिएनौं ।’ मिसबाह र उनको टोलीको स्पष्ट मान्यता थियो, यदि मैदान सुरक्षित छैन भने हामीहरू जोखिम मोल्दैनौं ।

‘मैले यी अवस्थाहरू खेल्नका लागि उपयुक्त छैनन् र सबै खेलाडीहरू, चाहे ती विदेशी हुन् वा नेपाली, राष्ट्रिय टोलीका हुन् र यो एनपीएलपछि उनीहरूको अन्तर्राष्ट्रिय जिम्मेवारीहरू हुन्छ,’ मिसबाहले भने ।

टोलीहरू र म्याच रेफ्रीसॅग मध्यस्थता गर्न नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का पनि जोडिएका थिए । अन्त्यमा राति ८ः५४ बजे ५–५ ओभरको खेलका लागि टस भएको घोषणा गरियो, फेरि ९ बजे सारियो । सुदूरपश्चिमको प्लेइङ सेटमा केही समस्या थियो, जसले म्याच रेफ्रीलाई केही अतिरिक्त मिनेट लगायो । राति ९ः०६ बजे कप्तान दीपेन्द्रसिंहले टस गरे । तर मिसबाह भन्छन् कि त्यो समयमा पनि टोली खेल्न तयार थिएन । ‘हाम्रा खेलाडीहरू चोटपटक लाग्ने जोखिम मोल्न चाहँदैनथे,’ उनले सुनाए, ‘यो खेल खेल्नुहोस् नत्र वाकओभर दिइन्छ भनिन्छ, तब मसँग कुनै विकल्प बाँकी रहेन । तर खेलाडीहरू खेल्न मानसिक रूपमा तयार नै थिएनन् ।’

पहिलो बल खेल्नुअघि नै सुदूरपश्चिमका वेस्ट इन्डिज खेलाडी सेरफन रदरफोर्डले मैदान छाडेका थिए । तर रिजर्भ अम्पायरको निर्देशनपछि उनी पुनः मैदान गए । तर उनी खेलको अधिकांश समय गोजीमा हात राखेर बसेका थिए । उनले पनि खेल्न तयार नरहेको संकेत गरेका हुन् । रदरफोर्डले खेलेर जोखिम लिन चाहेनन्, तर अम्पायरहरूले नियमले नपाइने भनेपछि उनी मैदानमा उभिन मात्र गएका थिए ।

‘एउटा टावरको लाइटले काम गरिरहेको थिएन, पिचमा शीत थियो र मैदानको छेउछाउमा पानी नै पानी थियो,’ उनले थपे, ‘सबैलाई यो थाहा छ, यस्तो अवस्थामा कसैले पनि आफ्नो पूर्ण क्षमताअनुसार दिन सक्दैन । त्यसैले त्यो खेल खेलाउनुको अर्थ नै के थियो ।’ क्रिकेटको नियमनकारी मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले भन्छ कि मैदान, मौसम वा प्रकाशको अवस्था वा असाधारण परिस्थितिले गर्दा खेल हुनु खतरनाक वा अव्यावहारिक हुन्छ कि हुँदैन भनेर निर्णय गर्ने अधिकार केवल म्याच रेफ्रीको हो । नियम २.७.१ मा भनिएको छ, ‘परिस्थिति केवल आदर्श छैनन् भएकै कारण खतरनाक वा अव्यावहारिक मानिने छैन, घाॅस र बल भिजेको छ भन्ने तथ्यले मात्र मैदानको अवस्था अव्यावहारिक वा खतरनाक मान्न मिल्दैन ।’

नियममा भनिएको छ कि यदि मैदान भिजेको/चिप्लो छ, जसले बलरलाई उचित पकड बनाउनबाट वञ्चित गर्छ, फिल्डरहरूलाई स्वतन्त्र रूपमा हिँड्न दिँदैन, ब्याटरलाई आफ्नो स्ट्रोक खेल्न वा विकेटबीच दौड्नबाट रोक्छ भने त्यस्तो अवस्थालाई खतरनाक र अव्यावहारिक मानिने छ ।

खेलाडीहरूको स्वास्थ्यलाई सधैं पहिलो प्राथमिकतामा राखिने भएकाले आउटफिल्ड मात्र चिप्लो भए पनि अम्पायरहरूले खेल निरन्तरता दिन स्वीकार नगर्ने कुरामा जोड दिएका हुन्छन् । तर, मिसबाहका अनुसार शनिबार अम्पायरहरूले त्यसो गरेनन् । ‘खेलाडीहरूले आफ्नो शतप्रतिशत दिन सक्ने अवस्थामा मात्र म्याच अफिसियलहरूले खेल गराउने निर्णय गर्नुपर्छ,’ मिसबाहले भने ।

मिसबाहले आफूले कसैलाई पनि दोष दिन नचाहेको बताए । ‘तर म्याच अफिसियलहरू, प्रतियोगिता कमिटी र टिमहरूले सर्वसम्मतिबाट त्यो अवस्थालाई अझ राम्रो तरिकाले व्यवस्थापन गर्न सक्थे,’ उनले तर्क गरे । मिसबाहलाई मन नपरेको अर्को एउटा कुरा थियो । ‘आश्चर्यको कुरा के थियो भने हाम्रा कप्तानलाई म्याच प्रिजेन्टेसनमा आमन्त्रित गरिएको थिएन, त्यस्तो कसरी गर्न सकिन्छ ?’ उनले प्रश्न गरे, ‘खेल भयो, विवाद जेसुकै होस्, तर किन एउटा टोलीको कप्तानलाई प्रिजेन्टेसन आमन्त्रित गरिँदैन र अर्को टोलीलाई मात्र आएर बोल्न अनुमति दिइन्छ ?’ मिसबाहले शनिबारको वस्तुस्थिति बताउन पाएकामा खुसी लागेको सुनाए ।

आयोजकले भने पहिले भने सुदूरपश्चिमले खेल्न तयार रहेको दाबी गरेको छ । एनपीएलका निर्देशक धिरेन्द्र साउदले भने, ‘एक पटक उनीहरूले टोलीभित्र छलफल गरेपछि हुन्न भने । क्रिकेटमा खेल्ने अवस्थाबारे म्याच रेफ्रीले जे निर्णय गर्छ, त्यही पालना गर्नुपर्छ, ग्राउन्ड स्टाफहरूसँग धेरै पटकको निरीक्षण र छलफलपछि म्याच अफिसियलहरूले खेलका लागि ग्रिन सिग्नल दिएका हुन् ।’

यस्तै परिदृश्यमा अन्य टोलीले प्रश्न उठाए भने क्यानले के गर्छ ? भन्ने प्रश्नमा साउदले त्यसलाई दोहोरिन नदिने दाबी गरे । ‘समर्थकहरूले खेलका लागि घण्टौंदेखि पर्खिरहेका थिए, टोलीहरूको लगानी ठूलो छ, क्यानले क्रिकेट विकासका लागि धेरै मिहिनेत गरेको छ,’ साउदले भने, ‘त्यसैले म्याच रेफ्रीसॅग परामर्श गरेर खेल अगाडि बढाएका हौं ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
10h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#सुदूरपश्चिम #रनको
Compare →
Hamro Patro News
7h ago
काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, शीर्ष दुईको सम्भावना बलियो

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, शीर्ष दुईको सम्भावना बलियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ। कीर्तिपुरस्थित टीयू मैदानमा १२६ रनको लक्ष्य पछ्याएको काठमाड...

#सुदूरपश्चिम
Compare →
Arthasansar
7h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#सुदूरपश्चिम
Compare →
Onlinekhabar
8h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#सुदूरपश्चिम
Compare →
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2611