मिथिलाको मौलिक लोकनृत्य झिझिया हराउँदै गए पनि ग्रामीण भेगका महिलाहरूले यसलाई जीवन्त राखेका छन् ।
जनकपुरधाम — देशभर दसैंको रमझम चलिरहेका बेला मिथिलाञ्चलमा झिझिया लोकनृत्यको छुट्टै रौनक छ । लोकनाच, सांस्कृतिक झाँकी र धार्मिक अनुष्ठानले मिथिला क्षेत्रमा दसैंलाई अझ बढी मनमोहक बनाएको छ । मिथिलाको मौलिक लोकनाच झिझिया हराउँदै गए पनि ग्रामीण भेगका महिलाहरूले जीवन्त राखेका छन् । कान्तिपुर टेलिभिजनको भिडियो रिपोर्ट ।
अमरकान्त ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।