काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्र ले सर्वोच्च अदालतका न्यायाधीशहरूले बिचौलिया भनिएका व्यक्तिलाई होटलमा भेटेको विषयलाई अहिलेको सन्दर्भमा अस्वाभाविक र असामान्य मान्न नसकिने बताएका छन् । न्यायाधीशहरू व्यक्तिगत स्वार्थ वा लेनदेनका लागि नभई आफूलाई निरन्तर दबाब दिने मान्छेको वास्तविकता बुझ्न गएको दाबी गर्दै उनले यसै विषयलाई लिएर न्यायाधीशमाथि महाभियोग लगाउनु गलत र प्रतिशोधपूर्ण हुने तर्क गरेका छन् ।
अदालतका न्यायाधीशले बिचौलिया भेटेको विषय सार्वजनिक भएपछि उत्पन्न तरङ्गबारे रातोपाटीको ‘ वारपार ’मा अन्तर्वार्ताका क्रममा उनले सामान्य भेटघाटलाई लिएर महाभियोगको अस्त्र प्रयोग गरी न्यायपालिकालाई तर्साउन खोजिए त्यसले समग्र विधिको शासनमै गम्भीर क्षति पुर्याउने चेतावनी पनि दिए ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )