Trending
Prev Story
Next Story

दशौँ राष्ट्रिय खेलकुदको तयारी: मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

Nagarik News •
November 01, 2026 • 02:11 PM
1
1 reads 0 reactions

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना स्थलसमेत रहेको कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण, व्यवस्थापन र अन्य आवश्यक तयारीका सन्दर्भमा सो छलफल केन्द्रित रहेको हो।

दशौँ राष्ट्रिय खेलकुदको तयारी: मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता दिने र व्यवस्थित बनाउने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसँग सुर्खेतमा छलफल गरेका छन्।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना स्थलसमेत रहेको कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण, व्यवस्थापन र अन्य आवश्यक तयारीका सन्दर्भमा सो छलफल केन्द्रित रहेको हो।

सुर्खेतमा सम्पन्न उक्त भेटमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकास मन्त्री जीतबहादुर मल्लबीच प्रतियोगितालाई भव्य र ऐतिहासिक रूपमा सफल पार्न संघीय र प्रदेश सरकारबीच हुनुपर्ने समन्वय, पूर्वाधारहरूको अवस्था लगायतका विषयमा कुराकानी भएको हो।

छलफलका क्रममा मन्त्री पोखरेलले तोकिएकै समयमा प्रतियोगिता सम्पन्न गर्न मन्त्रालयले सबै पक्षसँग सहकार्य गरिरहेको बताउँदै कर्णाली प्रदेशमा खेलकुद पूर्वाधारको विकास र व्यवस्थापनमा संघीय सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले दशौँ राष्ट्रिय खेलकुदलाई सफल बनाउन प्रदेश सरकार पूर्ण रूपमा लागिपरेको जानकारी गराउँदै आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताए।

मन्त्री पोखरेल दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, पूर्वाधार निरीक्षण तथा सरोकारवालाहरूसँगको समन्वयका लागि हाल सुर्खेत भ्रमणमा छन्।

प्रकाशित: १५ कार्तिक २०८३ १९:५६ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
17h ago
राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

मङ्सिर ७ गतेदेखि प्रदेश छनोटमा सहभागी हुन कराते, भलिबल, कबड्डी र क्रिकेटका खेलाडी बन्द प्रशिक्षणमा छन्, तर सीमित बजेटले तयारी प्रभावित भएको छ।

#खेलकुद #तयारी
Compare →
Onlinekhabar
17h ago
दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

२७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ। परिषद्ले २० कात्तिकमा जारी गरेको सूचनाअनुसार …

#खेलकुद #दशौँ
Compare →
Hamro Patro News
7h ago
राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता

राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता

जनकपुर । कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । मधेस खेलक...

#खेलकुद #कर्णाली
Compare →
Bizshala
17h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#तयारी
Compare →
Arthasansar
19h ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#तयारी
Compare →

Related Stories

Sports
Build #2612