Trending
Prev Story
Next Story

ओलम्पियन : मेडल जितेकी ओलम्पियन सियाराले क्यान्सरलाई जित्न सकिनन्

Ekantipur •
November 01, 2026 • 02:32 PM
1
1 reads 0 reactions

युरोपेली एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण जितेकी तथा ओलम्पिकको दुई संस्करण खेलेकी ३४ वर्षीया आयरल्यान्डकी मध्यम दूरीकी धाविका सियारा म्याजिनको निधन भएको छ ।

ओलम्पियन : मेडल जितेकी ओलम्पियन सियाराले क्यान्सरलाई जित्न सकिनन्

युरोपेली एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण जितेकी तथा ओलम्पिकको दुई संस्करण खेलेकी ३४ वर्षीया आयरल्यान्डकी मध्यम दूरीकी धाविका सियारा म्याजिनको निधन भएको छ ।

बेलफास्ट — युरोपेली एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी तथा ओलम्पिकको दुई संस्करणमा प्रतिस्पर्धा गरेकी आयरल्यान्डकी मध्यम दूरीकी धाविका सियारा म्याजिनको निधन भएको छ ।

३४ वर्षको उमेरमा निधन भएको उनको परिवारले आइतबार पुष्टि गरेको हो । इन्स्टाग्राममा पोस्ट गरिएको विज्ञप्तिमा भनिएको छ, ‘आज बिहान ६ः३० बजे आफ्ना प्रियजनहरूको साथमा रहँदै सियाराले क्यान्सरसँगको लडाइ“ हारिन् ।’

लामो समयदेखिका प्रेमीसँग बेलफास्टमा विवाह गरेको केही सातापछि नै उनको निधन भएको हो । उनी आन्द्राको क्यान्सरबाट पीडित थिइन् ।

उनले सन् २०२५ को जुलाईमा आफूलाई क्यान्सर भएको सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनले आफ्नो रोग एडभान्स स्टेजमा रहेको जानकारी दिएकी थिइन् ।

उत्तरी आयरल्यान्डको काउन्टी डाउनस्थित पोर्टाफेरीकी सियाराले मध्यम दूरी दौडमा आफूलाई देशको अग्रणी खेलाडीका रूपमा पहिचान स्थापित गरेकी थिइन् । उनले यस क्रममा राष्ट्रिय कीर्तिमानसमेत कायम गरेकी थिइन् । उनले सन् २०१६ मा ब्राजिलको रियो ओलम्पिक र सन् २०२१ मा जापानको टोकियो ओलम्पिकमा आयरल्यान्डको प्रतिनिधित्व गरेकी थिइन् ।

उनको खेलजीवनको सबैभन्दा ठूलो उपलब्धि सन् २०२४ मा प्राप्त भएको थियो । इटालीको रोममा आयोजित युरोपेली एथलेटिक्स च्याम्पियनसिपमा उनले १५ सय मिटर दौडको उपाधि जितेकी थिइन् । तर, टेन्डनमा लागेको चोटका कारण उनी त्यसै वर्ष पेरिसमा आयोजित ओलम्पिकमा सहभागी हुन सकिनन् ।

क्यान्सरबाट पीडित भए पनि म्याजिनले आफ्नो उपचारका क्रममा उल्लेखनीय सकारात्मकता देखाएकी थिइन् । रोगको निदानपछि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले आफू ‘हरेक दिनका साना खुसीहरूमा रमाइरहेको’ बताएकी थिइन्।

जुन महिनामा बीबीसीसँग कुरा गर्दै उनले आफ्नो खेलजीवनप्रति कृतज्ञता व्यक्त गरेकी थिइन् । उनले भनिन्, ‘म यस्तो खेल जीवन बिताउन पाएकामा आभारी छु, जुन अवसर अरू धेरैले पाउन सकेनन् ।’

उनको निधनपछि विभिन्न क्षेत्रबाट श्रद्धाञ्जली व्यक्त गरिएको छ । म्याजिनले सन् २०२२ मा युरोपेली च्याम्पियनसिपमा १५०० मिटर दौडमा रजत तथा सन् २०१६ मा सोही स्पर्धामा कांस्य पदक जितेकी थिइन् । सन् २०२२ को कमनवेल्थ खेलकुदमा उक्त स्पर्धामा उनी दोस्रो भएकी थिइन्। ओलम्पिक फेडेरेसन अफ आयरल्यान्डले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘देशले एक नायक गुमाएको छ ।’ उत्तरी आयरल्यान्डकी मन्त्री मिसेल ओ’निलले म्याजिनलाई श्रद्धाञ्जली दि“दै भनिन्, ‘पदक, कीर्तिमान र खेलकुदको उपलब्धिभन्दा पनि सियारालाई उनको आत्मीयता, साहस र चरित्रको अद्भूत दृढताका लागि सम्झिइने छ ।’

आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनले पनि म्याजिनको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । तस्बिर : एएफपी

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
८१ वर्षको उमेरमा ह्यारिसनले जिते बुकर पुरस्कार, १९८ पृष्ठको उपन्यासले बनायो इतिहास

८१ वर्षको उमेरमा ह्यारिसनले जिते बुकर पुरस्कार, १९८ पृष्ठको उपन्यासले बनायो इतिहास

काठमाडौँ । बेलायती लेखक एम जोन ह्यारिसनले ८१ वर्षको उमेरमा सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार जितेका छन् । उनको उपन्यास ‘द एन्ड अफ एभ्रिथिङ’लाई यस वर्षको बुकर पुरस्कार प्रदान गरिएको हो । यससँगै ...

#जिते
Compare →
Onlinekhabar
3d ago
८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार

८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार

२४ कात्तिक, काठमाडौं । बेलायती लेखक एम जोन ह्यारिसनले सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार जितेका छन् । ८१ वर्षीय ह्यारिसन बुकर पुरस्कारको इतिहासमै यो सम्मान प्राप्त गर्ने सबैभन्दा पाका लेखक बनेका छन् । ह्यारिसनले आफ्नो …

#जिते
Compare →
Nagarik News
1w ago
सिलवालले जिते ‘काठमाडौं र्‍यापिड बुद्धिचाल’ को उपाधि

सिलवालले जिते ‘काठमाडौं र्‍यापिड बुद्धिचाल’ को उपाधि

नेपाल च्याम्पियन एवं फिडे मास्टर रुपेश जैसवाललाई पराजित गर्दै पुरुषोत्तम सिलवालले काठमाडौं वडा कप राष्ट्रिय र्‍यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

#जिते
Compare →

Related Stories

Sports
Build #2611