Trending
Prev Story
Next Story

मोरङको केरौनमा १३२ केभी सबस्टेसन सञ्चालनमा, विद्युत आपूर्ति थप भरपर्दो हुने

Bizshala •
November 01, 2026 • 01:34 PM
1
1 reads 0 reactions

काठमाण्डौ । मोरङको कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनमा आएको...

मोरङको केरौनमा १३२ केभी सबस्टेसन सञ्चालनमा, विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाण्डौ । मोरङको कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनमा आएको छ।

नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याएको हो। पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहवी–दमक खण्डमा पर्ने सबस्टेसनलाई लुप इन तथा लुप आउट प्रणालीमार्फत प्रसारण लाइनमा जोडिएको छ।

सबस्टेसनमा १३२/३३ केभीका ६३ एमभीए क्षमताका दुई वटा र ३३/११ केभीको २२.५ एमभीए क्षमताको एउटा पावर ट्रान्सफर्मर जडान गरिएको छ। यससँगै सबस्टेसनको कुल क्षमता १४८.५ एमभीए पुगेको छ।

सबस्टेसन सञ्चालनमा आएसँगै मोरङ र आसपासका क्षेत्रमा बढ्दो विद्युत माग व्यवस्थापन गर्न, वितरण प्रणालीको क्षमता विस्तार गर्न तथा उपभोक्तालाई गुणस्तरीय र नियमित विद्युत सेवा उपलब्ध गराउन सहयोग पुग्ने प्राधिकरणले जनाएको छ।

सबस्टेसनबाट रङ्गेली र विराटचोकतर्फ विद्युत आपूर्तिका लागि ३३ केभीका दुई–दुई वटा लाइन निर्माण गरिएको छ। ती लाइनलाई तिहारअघि चार्ज गरी सञ्चालनमा ल्याउने तयारी छ। स्थानीय क्षेत्रमा विद्युत वितरणका लागि ११ केभीका पाँच वटा फिडर लाइनसमेत तयार गरिएको छ।

सबस्टेसनबाट विद्युत आपूर्ति सुरु भएपछि कानेपोखरी, रङ्गेली, विराटचोक, लेटाङलगायत आसपासका क्षेत्रमा विद्युत सेवा थप भरपर्दो हुने अपेक्षा गरिएको छ।

लामो दूरीका ३३ केभी वितरण लाइनमार्फत विद्युत आपूर्ति हुँदै आएका क्षेत्रमा अब लाइनको दूरी छोटिने भएकाले न्यून भोल्टेज, पटक–पटक लाइन ट्रिप हुने तथा विद्युत अवरुद्ध हुने समस्या कम हुने प्राधिकरणको विश्वास छ। यसबाट प्राविधिक चुहावट घटाउनसमेत सहयोग पुग्नेछ।

केरौन सबस्टेसन निर्माणका लागि २०७८ असारमा ठेक्का सम्झौता गरिएको थियो। करिब एक अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजना नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानी तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5d ago
वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

सुर्खेत । कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वनसम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ । कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड २०८० मा सम्झौ...

#केभी #१३२
Compare →
Onlinekhabar
6d ago
वनसम्बन्धी कानुनको झन्झटमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

वनसम्बन्धी कानुनको झन्झटमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

२१ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ । कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड २०८० मा सम्झौता भई २०८२ मै सकिनुपर्ने थियो। तर रुख …

#केभी #१३२
Compare →
Nagarik News
3d ago
सुनसरी–मोरङको सीमा बुढीखोलामा छठ पर्वको तयारी तीव्र

सुनसरी–मोरङको सीमा बुढीखोलामा छठ पर्वको तयारी तीव्र

इटहरीमा छठ पर्व व्यवस्थित ढंगले ३६ वर्षदेखि मनाउने गरिएको छ । त्यसअघि पनि सामान्य ढंगले छठ पर्व भने मनाउने गरिएको थियो ।

#मोरङ
Compare →
Arthasansar
1d ago
पोखरा एभेन्जर्स १३२ रनमा समेटियो, सन्दीपको ह्याट्रिकसहित ६ विकेट

पोखरा एभेन्जर्स १३२ रनमा समेटियो, सन्दीपको ह्याट्रिकसहित ६ विकेट

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले शानदार बलिङ गर्दै ह्याट्रिक सहित ६ विकेट लिँदा पोखरा एभेन्जर्स १३२ रनमा अलआउट भएको छ...

#१३२
Compare →
Ekantipur
5d ago
आज विद्युत् माग १७ सय मेगावाट पुग्ने अनुमान, आपूर्तिमा समस्या आउँदैन : प्राधिकरण

आज विद्युत् माग १७ सय मेगावाट पुग्ने अनुमान, आपूर्तिमा समस्या आउँदैन : प्राधिकरण

अघिल्ला वर्षहरूको तुलनामा तिहारमा विद्युत् खपत निरन्तर बढ्दै गएको छ । गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत्‌को उच्च माग १६५० मेगावाट पुगेको थियो ।

#विद्युत #आपूर्ति
Compare →

Related Stories

National (Nepal)
Build #2611