विदेशमा रहेका छोरा–बुहारी र छोरी–ज्वाइँसँग दसैं मनाउन र टीका लगाइदिन जान लागेकाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुसी र उत्साहित देखिए ।
काठमाडौँ — देशभर दसैंको रौनक छाएको छ। दसैंमा परिवारसँगै बसेर खुसी साटासाट गर्ने र टीका–जमरा लगाउने चाहनाले गाउँघर फर्किनेहरूको चहलपहल बढ्दो छ । तर, सबैको दसैं एउटै छैन । कतिपय बाध्यताका कारण घर फर्किन पाएका छैनन् भने कतिपय नेपाली दसैंको मुखैमा आफ्नो घर, गाउँ, आफन्त र देश छाडेर विदेशिन बाध्य छन् ।
यहीबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने एउटा फरक दृश्य देखिन्छ। विदेश जानेहरूका अनुहारमा निराशा होइन, खुसी र उत्साह झल्किन्छ । विदेशमा छोरा बुहारी र छोरी ज्वाइँलाई आशीर्वाद दिन जान पाउँदा उनीहरू उत्साहित देखिन्छन् । कान्तिपुर टेलिभिजनको भिडियो रिपोर्ट ।
प्रकाश बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् । उनि संसदिय मामिला र राजनीतिका बिषयमा लेख्छन् ।