Trending
Prev Story
Next Story

वर्षाले प्रभावित गोदावरी फूल प्रदर्शनी दुई दिन थपियो, अब कार्तिक १८ सम्म चल्ने

Bizshala •
November 01, 2026 • 12:03 PM
1
1 reads 0 reactions

काठमाण्डौ । जावलाखेलमा सञ्चालन भइरहेको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको अवधि दुई दिन थप गरिएको...

वर्षाले प्रभावित गोदावरी फूल प्रदर्शनी दुई दिन थपियो, अब कार्तिक १८ सम्म चल्ने

काठमाण्डौ । जावलाखेलमा सञ्चालन भइरहेको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको अवधि दुई दिन थप गरिएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (FAN) का अनुसार यसअघि कार्तिक १२ देखि १६ गतेसम्म सञ्चालन हुने तय भएको प्रदर्शनी अब कार्तिक १८ गते बुधबारसम्म सञ्चालन हुनेछ।

प्रदर्शनीको पहिलो दिन उत्साहजनक कारोबार हुनुका साथै अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। तर शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण प्रदर्शनी स्थलमा दर्शक तथा अवलोकनकर्ताको आवागमन प्रभावित भएको आयोजकले जनाएको छ।

प्रतिकूल मौसमका कारण मेला स्थलसमेत बन्द गर्नुपर्ने अवस्था सिर्जना भएपछि प्रदर्शनी अवलोकन गर्न छुटेका फूलप्रेमी, व्यवसायी, उपभोक्ता तथा सर्वसाधारणलाई थप अवसर दिन अवधि लम्ब्याइएको हो।

थप गरिएको अवधिमा विभिन्न प्रजातिका मौसमी तथा सदाबहार फूल, पुष्प सजावट, नर्सरीजन्य उत्पादन तथा पुष्प व्यवसायसँग सम्बन्धित सामग्रीको अवलोकन तथा खरिद गर्न सकिनेछ।

फ्लोरिकल्चर एसोसिएसन नेपालले मौसमका कारण प्रदर्शनी अवलोकन गर्न नपाएकालाई कार्तिक १८ गतेसम्म जावलाखेल पुगेर प्रदर्शनी अवलोकन गर्न आग्रह गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
अकस्मातको वर्षाले रानीपोखरीमा भाइटीका प्रभावित

अकस्मातको वर्षाले रानीपोखरीमा भाइटीका प्रभावित

काठमाडौं । अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ । बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिमा दाजुभाई तथा दिदीबहिनी नहुनेहरुको भाइटीका लगाउने भीड थियो । ...

#वर्षा #प्रभावित
Compare →
Nagarik News
2d ago
वर्षाले बिगार्‍यो भाइटीकाको रौनक, बालगोपालेश्वर मन्दिरमा भक्तजनलाई सास्ती

वर्षाले बिगार्‍यो भाइटीकाको रौनक, बालगोपालेश्वर मन्दिरमा भक्तजनलाई सास्ती

बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूको भाइटीका लगाउने भीड थियो।

#वर्षा
Compare →
Ekantipur
2d ago
बाक्लो असिनासहितको वर्षाले त्रिभुवन विमानस्थल बन्द, कम्तीमा आठ विमान आकाशमै होल्ड

बाक्लो असिनासहितको वर्षाले त्रिभुवन विमानस्थल बन्द, कम्तीमा आठ विमान आकाशमै होल्ड

बाक्लो असिना, वर्षा र हावाहुरीले रनवे ढाकेपछि चार अन्तर्राष्ट्रिय र चार आन्तरिक विमान आकाशमै रोकिएका छन्।

#वर्षा
Compare →
Onlinekhabar
2d ago
देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो …

#वर्षा
Compare →

Related Stories

Sports
Build #2612