कपिलवस्तुमा चालु आर्थिक वर्षको साउनयता हराएका १४८ वटा मोबाइलमध्ये ५१ वटा फेला परेका छन् । मोबाइल हराएको भन्दै प्रहरीमा परेका निवेदनमध्ये ९७ वटा मोबाइल अझै फेला पर्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार साउनमा हराएका ३७ मोबाइलमध्ये २० वटा फेला पारी सम्बन्धित प्रयोगकर्तालाई हस्तान्तरण गरिएको छ ।
यसै गरी भदौमा हराएका ४९ मध्ये १५ र असोजमा हराएका २४ मध्ये १० वटा मोबाइल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइएको छ । कात्तिकमा हराएका ३८ मोबाइलमध्ये ६ वटा फेला पारी हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । हराएका मोबाइलमध्ये करिब ३४ प्रतिशत मात्रै फेला परेका छन् । बाँकी मोबाइलको खोजी कार्य भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )