Trending
Prev Story
Next Story

बडीमालिकामा हिमपात : कञ्चनपुरका मनीष ज्यान गयो

Onlinekhabar •
November 01, 2026 • 10:01 AM
1
1 reads 0 reactions

१५ कात्तिक, कन्चनपुर। बाजुराको धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा भएको भारी हिमपातमा परेर कञ्चनपुरका एक युवकको मृत्यु भएको छ। बडीमालिकाबाट फर्किने क्रममा सम्पर्कविहीन भएका वेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनीष बोहरा त्रिवेणी पाटननजिकै मृत अवस्थामा फेला परेका …

बडीमालिकामा हिमपात : कञ्चनपुरका मनीष ज्यान गयो

१५ कात्तिक, कन्चनपुर। बाजुराको धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा भएको भारी हिमपातमा परेर कञ्चनपुरका एक युवकको मृत्यु भएको छ।

बडीमालिकाबाट फर्किने क्रममा सम्पर्कविहीन भएका वेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनीष बोहरा त्रिवेणी पाटननजिकै मृत अवस्थामा फेला परेका हुन्।

बाजुराका प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार हिमपातका कारण बाटोमै हराएका बोहराको खोजीका लागि हेलिकप्टरसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

खोजी अभियानका क्रममा उनलाई त्रिवेणी पाटननजिकै मृत अवस्थामा भेटिएको हो। मृतक बोहराको शव हाल त्रिवेणी पाटनस्थित धर्मशालामा राखिएको छ ।

मौसम प्रतिकूल बनेपछि उद्धार कार्यमा चुनौती देखिए पनि शवलाई हेलिकप्टरमार्फत बाजुराको सदरमुकाम मार्तडी ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन् ।

बोहरासँगै बडीमालिकाबाट फर्किरहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की पनि हिमपातका कारण त्रिवेणी पाटनमा अलपत्र परेका थिए ।

उनको भने शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी मार्तडी ल्याइसकिएको छ । बडीमालिका क्षेत्रको प्रतिकूल मौसम र भारी हिमपातले गर्दा यात्रामा रहेका व्यक्तिहरू जोखिममा परेका हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
2d ago
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, तारापुर ढक्का शिविर शोकमा

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, तारापुर ढक्का शिविर शोकमा

वन्यजन्तुको आक्रमणबाट दोहोरिँदै मानवीय क्षति, कहिले सुरक्षित हुन्छन् बस्ती ?

#कञ्चनपुर
Compare →
Hamro Patro News
2d ago
पश्चिमी वायुको आंशिक प्रभाव : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको...

#हिमपात
Compare →
Arthasansar
3d ago
हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

मंगलबार देशका केही स्थानमा वर्षा हुनेछ । हिमाली भूभागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।  नेपाल मौसम विज्ञान...

#हिमपात
Compare →
Nagarik News
4d ago
कात्तिक २७ सम्म पहाड र हिमालमा हल्का वर्षा र हिमपातको सम्भावना

कात्तिक २७ सम्म पहाड र हिमालमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्म देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

#हिमपात
Compare →
Bizshala
4d ago
हिमाली भेगमा हल्का हिमपातको सम्भावना, अन्यत्र मौसम सफा रहने

हिमाली भेगमा हल्का हिमपातको सम्भावना, अन्यत्र मौसम सफा रहने

काठमाण्डौ । आज सोमबार देशको हिमाली भूभागमा आंशिक बदली रहने र एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । बाँकी...

#हिमपात
Compare →

Related Stories

Sports
Build #2612