Trending
Prev Story
Next Story

बाढीपीडितको घर सरसफाइमा खटियो अन्टुफको श्रमदान टोली

Onlinekhabar •
November 01, 2026 • 07:31 AM
1
1 reads 0 reactions

१५ कात्तिक, नुवाकोट । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) को केन्द्रीय श्रमदान टोलीले नुवाकोटको विदुर नगरपालिकामा कार्यरत छ । ५०० बाढीपीडित घरपरिवारको पुनर्स्थापना गर्ने लक्ष्यसहित कात्तिक ११ गते नुवाकोट पुगेको टोलीले स्थानीयको अनुरोधमा घरभित्र पसेको …

बाढीपीडितको घर सरसफाइमा खटियो अन्टुफको श्रमदान टोली

१५ कात्तिक, नुवाकोट । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) को केन्द्रीय श्रमदान टोलीले नुवाकोटको विदुर नगरपालिकामा कार्यरत छ ।

५०० बाढीपीडित घरपरिवारको पुनर्स्थापना गर्ने लक्ष्यसहित कात्तिक ११ गते नुवाकोट पुगेको टोलीले स्थानीयको अनुरोधमा घरभित्र पसेको भग्नावशेष पन्छाउने र सरसफाइ गर्ने काम गरिरहेको छ।

टोलीले बाढीपीडित नानीमाया श्रेष्ठको घर सरसफाइ तथा मर्मत गरी हस्तान्तरण गरेको श्रमिक टोलीको नेतृत्व गरिरहेको महासंघका उपाध्यक्ष सोमबहादुर तामाङले जानकारी दिए ।

गत भदौ १० गतेको बाढीले लेदो र माटो पसेर बस्नै नमिल्ने अवस्थामा पुगेको घर सफा गरेर पुनः बस्न योग्य बनाइएपछि श्रेष्ठले श्रमदान टोलीलाई धन्यवाद दिएकी छन्।

महासंघले यसअघि गत कात्तिक १० गतेदेखि रसुवा र नुवाकोटका बाढीपीडित परिवारको सहयोगार्थ करिब ५० जनाको टोली परिचालन गर्दै श्रमदान अभियान सुरु गरेको थियो।

महासंघका अध्यक्ष जगत सिंखडाले विपद्का बेला श्रमिक वर्गले श्रम र एकतामार्फत पीडित समुदायलाई सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ कम्तीमा ५०० घरको सरसफाइ, मर्मत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने लक्ष्य राखिएको बताएका थिए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
रिच फर नेपालद्वारा बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

रिच फर नेपालद्वारा बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

• अस्ट्रेलियामा संकलित ६० हजार अस्ट्रेलियन डलर नेपाल सरकारलाई राहत कोषमा हस्तान्तरण गरिएको छ। • रिच फर नेपाल फाउन्डेसनले २०१५ देखि नेपालमा मानवीय सहायता र सामुदायिक विकासका क्षेत्रमा काम गर्दै आएको…

#बाढी-पहिरो #बाढीपीडित
Compare →
Nagarik News
1d ago
श्रमदान गरेर सडक मर्मत

श्रमदान गरेर सडक मर्मत

म्याग्दीको मालिका गाउँपालिका–५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ।

#श्रमदान
Compare →

Related Stories

Science & Climate
Build #2611