Trending
Prev Story
Next Story

झुट

Nagarik News •
November 01, 2026 • 06:24 AM
1
1 reads 0 reactions

शङ्काका केही स्राेत हुन्छन्। मानिसले आफ्नो व्यवहारले जन्माएका हुन्छन्।

झुट

"बिन्ती, तिमीले धूमपान गर्छ्यौ?" महेशले आफ्नो श्रीमतीलाई सोध्यो।

"कस्तो कुरा गर्नुहुन्छ! हजुरले मलाई कहिले सिग्रेट खाएको देख्नुभाको छ? " ऊ आश्चर्य हुँदै प्रतिप्रश्न गरी।

"देखेको छैन र त सोधेको नि।" उसले भन्यो।

"होइन सरको मनमा यस्तो कुरा कसरी आयो हँ आज? किन शङ्का जाग्यो अचानक? " बिन्तीले मलिन हुँदै सोधी।

महेशले भन्यो, "शङ्काका केही स्राेत हुन्छन्। मानिसले आफ्नो व्यवहारले जन्माएका हुन्छन्।"

"के भन्न खोजेको, मैले त कत्ति पनि बुझिन हजुरको भनाइ।" बिन्तीले भनी।

"यो के हो?" महेशले सिग्रेटको प्याकेट देखाउँदै भन्यो।

"सिग्रेट हो हजुरले पिउन थाल्नुभयो? " बिन्ती ठट्याैली पारामा भनी।

महेशले भन्यो, "मैले होइन यो तिम्रो सिरानीमा थियो?"

"हो यो तिम्रै सिरानीमा थियो! तिम्रो नभए अरू कसकाे? "महेश अलि चर्को स्वरमा बोल्यो।

ऊ बोल्नै सकिन। उनीहरूको केही महिनाअघि मात्रै विवाह भएको थियो।

"बिन्ती हामी दुई बिचमा केही कुरा लुकाउनु ठिक होइन। यदि तिमीलाई सिग्रेट पिउने बानी छ भने पनि भनिहाल।" महेशले फेरि पनि उस्तै प्रश्न गर्यो।

"होइन त्यो त कतै भेटाएर राखेकी!" ऊ डराउँदै भनी। उसका कुरामा सच्याइ

"अब मसँग झुट नबोल, मेरो अनुपस्थितिमा राति तिमी भेट्न को आएका थिए, त्यो भन? तिमीले नभने म भन्छु भनौँ? " महेशले शङ्का मिश्रित शैलीमा साेध्याे। उसलाई रिसाएको देखेर बिन्ती झनै डराई ऊ थरथर काँपिरहेकी थिई।

"तारे आएको थियो।" उसको मुखबाट खाँटी कुरा फुस्किहाल्यो।

प्रकाशित: १५ कार्तिक २०८३ १२:०९ आइतबार

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2611