Trending
Prev Story
Next Story

अफ्रिकास्थित नेपाली दूतावास बन्द गर्ने निर्णयप्रति नेपाली समुदायको आपत्ति

Ekantipur •
October 11, 2026 • 06:47 PM
1
1 reads 0 reactions

अफ्रिकामा कार्यरत नेपाली समुदायले कन्सुलर सेवा, सुरक्षा र उद्धारमा समस्या देखाउँदै सभामुख डोलप्रसाद अर्याललाई ज्ञापनपत्र बुझाएको छ ।

अफ्रिकास्थित नेपाली दूतावास बन्द गर्ने निर्णयप्रति नेपाली समुदायको आपत्ति

अफ्रिकामा कार्यरत नेपाली समुदायले कन्सुलर सेवा, सुरक्षा र उद्धारमा समस्या देखाउँदै सभामुख डोलप्रसाद अर्याललाई ज्ञापनपत्र बुझाएको छ ।

काठमाडौँ — दक्षिण अफ्रिकास्थित नेपाली दूतावास बन्द गर्ने सरकारको निर्णयप्रति अफ्रिका क्षेत्रमा कार्यरत नेपाली समुदायले आपत्ति जनाएका छन् । उनीहरूले उक्त निर्णय पुनर्विचार गराउन सभामुख डोलप्रसाद अर्यालको ध्यानकर्षण जनाएका छन् ।

गैरआवासीय नेपाली संघ केन्याले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यको नेतृत्व गर्दै  केन्या पुगेका सभामुख अर्यालसमक्ष ज्ञापनपत्र बुझाउँदै कन्सुलर सेवामा पहुँच नहुँदा निकै समस्या भोगिरहेको जनाएको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत दक्षिण आफ्रिकामा रहेको राजदूतावास बन्द गर्ने घोषणा गरेका थिए ।

‘दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास बन्द गर्ने नेपाल सरकारको निर्णयप्रति अफ्रिकाका विभिन्न देशमा कार्यरत नेपाली समुदायको असहमति छ,’ एनआरएन केन्याका अध्यक्ष भरत रेग्मीले भने, ‘यसमा पुनर्विचार गर्न तथा अफ्रिकामा रहेका नेपालीको हित, सुरक्षा र समस्याको प्रभावकारी सम्बोधनका लागि पूर्वी र पश्चिमी अफ्रिकामा थप नेपाली राजदूतावास स्थापना गर्न हामी माग गर्छौं ।’

केन्याको राजधानी नैरोवीमा आयोजित कार्यक्रममा सांसदहरूसमक्ष उनीहरूले अफ्रिकामा बसोबास तथा कार्यरत नेपालीले प्राप्त गरेका अवसरदेखि भोग्नुपरेका चुनौतीसम्म सुनाए ।

कार्यक्रममा संघका महासचिव दीपक अधिकारी, गैरआवासीय नेपाली संघका पूर्वकेन्द्रीय सदस्य यादव काफ्लेले अफ्रिकाका विभिन्न मुलुकमा वैदेशिक रोजगारी तथा व्यापार–व्यवसायमा संलग्न नेपालीले कुटनीतिक उपस्थीति नहुँदा  समस्या भोगिरहेको बताए । ‘अफ्रिकामा रोजगार मात्रै होइन । व्यापार, पर्यटनको पनि निकै अवसर छ,’ एनआरएनका ‎पूर्व पूर्वीअफ्रिका क्षेत्रीय संयोजक कृष्णदत्त भट्टले भने, ‘नेपाल र अफ्रिकाबीच व्यापार, पर्यटन तथा अन्य सम्भावित क्षेत्रमा सहकार्य विस्तार गर्न सम्बन्ध सुदृढ गर्न आवश्यक छ ।’ ‎

‎संघका निवर्तमान अध्यक्ष शिव अधिकारीले केन्यासहित अफ्रिकाका विभिन्न देशमा दलालहरूले प्रलोभन देखाएर नेपालीलाई ल्याई अलपत्र पार्ने गरेको बताए । ‘त्यस्ता कठिन परिस्थितिमा नेपाली दूतावास तथा नैरोवीस्थित अवैतनिक वाणिज्यदूतको सहयोगमा प्रभावित नेपालीलाई आवश्यक सहायता उपलब्ध गराइरहेका छौं,’ उनले भने, ‘यहाँ आपत्कालीन कोष र उद्धार संयन्त्र बनाउन जरुरी छ ।’ ‎

‎संघका संस्थापक अध्यक्ष कुलबहादुर कार्कीले आफूहरू नेपालमा लगानी गर्न उत्साहित रहेको र कम्पनी स्थापना तथा व्यवसाय सञ्चालनका क्रममा देखिने कानुनी र प्रशासनिक जटिलता सरल बनाउन आग्रह गरे ।

‎‎सभामुख अर्यालले नेपाल र अफ्रिकाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै विदेशमा रहेका नेपालीको हकहित संरक्षण, लगानीको वातावरण निर्माण, रोजगारीका अवसरको सुरक्षित व्यवस्थापन तथा दुई क्षेत्रबीच आर्थिक र सामाजिक सहकार्य विस्तार गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

‘नेपाली समुदायका समस्या र चासोलाई सम्बन्धित निकायसम्म पुर्‍याउने भूमिका खेल्नेछु,’ उनले भने ।

एनआरएन केन्याले भोटेकोशी बाढीपीडितलाई राहत दिन प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ९ लाख २३ हजार रुपैयाँ सहयोग गरेको थियो ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
21h ago
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध

टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध

परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

#कन्सुलर #समस्या
Compare →

Related Stories

National (Nepal)
Build #2611