Trending
Prev Story
Next Story

टोखामा सस्तो घर निर्माण गर्दै ग्राण्डी डेभलपर्स, १ करोड ४० लाखमै घर

Arthasansar •
October 13, 2026 • 06:22:07 PM
1
1 reads 0 reactions

ग्राण्डी डेभलपर्स प्रालिले काठमाडौँको टोखामा सस्तो घर निर्माण गर्न लागेको छ । काठमाडौँको भृकुटीमण्डपमा बिहिवारदेखि सुरु भएको ‘नवौँ नेपाल जग्गा तथा...

टोखामा सस्तो घर निर्माण गर्दै ग्राण्डी डेभलपर्स, १ करोड ४० लाखमै घर

शनिबार, ०३ असोज २०८३, १० : ०० मा प्रकाशित

ग्राण्डी डेभलपर्स प्रालिले काठमाडौँको टोखामा सस्तो घर निर्माण गर्न लागेको छ । काठमाडौँको भृकुटीमण्डपमा बिहिवारदेखि सुरु भएको ‘नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा ग्राण्डी डेभलपर्सले सस्तो रेटमा घर सम्पन्न गरी विक्रिवितरण गर्ने योजनासहित सस्तो रेटसहितको घर सार्वजनिक गरेको हो । ग्राण्डी डेभलपर्सका सञ्चालक आभास कुँवरले टोखा नगरपालिकाको झोरमा रु १ करोड ४० लाखमै घर निर्माण गर्न लागिएको जानकारी दिए । झण्डै ३  आना क्षेत्रफलमा ग्राण्ड कोलोनीभित्र निर्माण हुन लागेको दुईतले घरमा ३ वेडरुम, २ वाथरुम र एक कार पार्किङ गर्न मिल्नेछ । अन्य समयमा १ करोड ५० लाखमा विक्रिवितरण गरिने उक्त घर प्रदर्शनीमा बुकिङ गर्नेलाई १० लाख सस्तो दरमा विक्रिवितरण गर्न लागिएको सञ्चालक कुँवरले बताए । २०० घर निर्माण गर्ने योजनासहित सुरु गर्न लागिएको ग्राण्ड कोलोनीभित्र सुरुमा ५० घर निर्माण गरिनेछ । उक्त घर सुरुमा रु १० लाख तिरेर बुकिङ गर्न सकिने र अन्य पैसा विस्तारै दुई वर्षभित्र तिरिसक्नेगरी उक्त कम्पनीले अफर सार्वजनिक गरेको छ । उक्त घर हेर्नका लागि अहिले भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा ग्राहकको भीड लागेको छ ।

शनिबार, ०३ असोज २०८३, १० : ०० मा प्रकाशित

Prev Swipe Story Next

Related Stories

Business & Economy
Build #2611