Trending
Prev Story
Next Story

मुक्तिनाथ विकास बैंकको नाफा ३२ करोड, इपीएस सहित अन्य सूचक कस्ता ?

Arthasansar •
November 01, 2026 • 04:35 AM
1
1 reads 0 reactions

मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक सम्ममा नाफामा उल्लेख्य सुधार गर्न सफल भएको छ ।...

मुक्तिनाथ विकास बैंकको नाफा ३२ करोड, इपीएस सहित अन्य सूचक कस्ता ?

मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक सम्ममा नाफामा उल्लेख्य सुधार गर्न सफल भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा ४३ प्रतिशत बढीको सुधार देखिएको हो ।

वित्तीय विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा ३२ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.४४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा बैंकले २२ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा समेत सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म १ अर्ब १८ करोड ५५ लाख १० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १ अर्ब २१ करोड ७६ लाख ७ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, शुल्क तथा कमिसनबाट हुने खुद आम्दानी १९ करोड ९४ लाख ४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी १२ करोड ७० लाख ८३ हजार रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १४४ करोड ९३ लाख ८७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १३७ करोड ८४ लाख ६९ हजार रुपैयाँ थियो । त्यस्तै, कर्जा तथा अन्य सम्भावित नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम समायोजनपछिको सञ्चालन आम्दानी १३१ करोड ३९ लाख ३३ हजार रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा पनि बढेर ७५ करोड ६३ लाख ३५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ३२ करोड ११ लाख ६ हजार रुपैयाँ थियो ।

यता, बैंकको कर्जा लगानी र निक्षेप संकलन दुवै उल्लेख्य रहेको छ । असोज मसान्तसम्म बैंकले ग्राहकहरूलाई १ खर्ब ५ करोड ४७ लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै, ग्राहकबाट १ खर्ब २६ अर्ब २५ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा बैंकको निक्षेप १ खर्ब २३ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ रहेको थियो ।

बैंकको कुल सम्पत्ति पनि बढेर १ खर्ब ४२ अर्ब २० करोड ८५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा यस्तो सम्पत्ति १ खर्ब ४१ अर्ब ६ करोड २३ लाख रुपैयाँ रहेको थियो । बैंकको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४६ करोड ३८ लाख १२ हजार रुपैयाँ सञ्चित रहेको छ । यद्यपि, बैंकको खराब कर्जाको अनुपातमा भने केही वृद्धि देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १.३२ प्रतिशत रहेको खराब कर्जाको अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २.१९ प्रतिशत पुगेको छ । त्यस्तै, कुल खराब कर्जाको तुलनामा कर्जा नोक्सानी व्यवस्थाको अनुपात १०२.३८ प्रतिशतबाट घटेर ८३.६७ प्रतिशत कायम भएको छ ।

अन्य वित्तीय सूचकमा भने सुधार देखिएको छ । बैंकको कोष लागत ४.६६ प्रतिशतबाट घटेर ३.५५ प्रतिशतमा झरेको छ । आधार दर पनि ६.५९ प्रतिशतबाट घटेर ५.४६ प्रतिशत कायम भएको छ । कर्जा तथा निक्षेप अनुपात ८४.०५ प्रतिशत रहेको छ भने पुँजी पर्याप्तता अनुपात १२.८६ प्रतिशत कायम भएको छ । त्यसैगरी, बैंकको स्वपुँजीमा प्रतिफल ७.५६ प्रतिशतबाट बढेर ९.८४ प्रतिशत पुगेको छ । सम्पत्तिमा प्रतिफलसमेत ०.६७ प्रतिशतबाट बढेर ०.९० प्रतिशत कायम भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
8h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#नाफा #विकास
Compare →
Ekantipur
8h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा #सूचक
Compare →
Hamro Patro News
12h ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको ३.७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहि...

#विकास #राष्ट्र-बैंक
Compare →
Onlinekhabar
2d ago
विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

२५ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताएका छन् । टर्कीएमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण …

#विकास
Compare →

Related Stories

Business & Economy
Build #2611