Trending
Prev Story
Next Story

पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड, नबिल सबैभन्दा अगाडि

Bizshala •
November 01, 2026 • 04:33 AM
1
1 reads 0 reactions

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २० वाणिज्य बैंकले कुल १९ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका...

पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड, नबिल सबैभन्दा अगाडि

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २० वाणिज्य बैंकले कुल १९ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांशको नाफा बढेको छ भने केही बैंकको नाफामा सामान्य गिरावट आएको छ। यस अवधिमा १० बैंकले एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन्।

सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक पहिलो स्थानमा छ। बैंकले २ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको छ। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड, एभरेष्ट बैंकले १ अर्ब २५ करोड, प्राइम कमर्सियल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले समान १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएका छन्।

एनएमबि बैंकले १ अर्ब १६ करोड, कृषि विकास बैंकले १ अर्ब ९ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र सानिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

यसैगरी, गत वर्षको पहिलो त्रैमासमा २२ करोड रुपैयाँ घाटामा रहेको सिटिजन्स बैंक यस वर्ष १० करोड रुपैयाँ नाफामा फर्किएको छ। लक्ष्मी सनराइज, प्रभु र सिद्धार्थ बैंकको नाफा पनि दोब्बरभन्दा बढीले बढेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1w ago
कर्जा असुलीमा सुधार र नीतिगत सहजताले बैंकको नाफा ४६ प्रतिशत बढ्यो

कर्जा असुलीमा सुधार र नीतिगत सहजताले बैंकको नाफा ४६ प्रतिशत बढ्यो

पहिलो त्रैमासमा २० वाणिज्य बैंकले कमाए १९ अर्ब ७ करोड रुपैयाँ खुद नाफा, गत वर्षको सोही अवधिमा यस्तो नाफा १३ अर्ब ५ करोड रुपैयाँ थियो

#नाफा #वाणिज्य #त्रैमास
Compare →
Nagarik News
1w ago
वाणिज्य बैंकको नाफा ४५.६ प्रतिशतले बढ्यो, तीन महिनामै कमाए १९ अर्बभन्दा बढी

वाणिज्य बैंकको नाफा ४५.६ प्रतिशतले बढ्यो, तीन महिनामै कमाए १९ अर्बभन्दा बढी

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफा ४५.६ प्रतिशतले बढेको छ।

#नाफा #वाणिज्य #राष्ट्र-बैंक
Compare →
Arthasansar
1w ago
ब्याज खर्च घट्दा सानिगाड हाइड्रोको नाफा ४३ प्रतिशत बढ्याे

ब्याज खर्च घट्दा सानिगाड हाइड्रोको नाफा ४३ प्रतिशत बढ्याे

सानिगाड हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा उल्लेख्य बढाएको छ। तर नाफाको वृद्धिसँगै चुक्तापूँजी पनि बढेकाले...

#नाफा #त्रैमास
Compare →
Onlinekhabar
1w ago
बैंकहरूको लगानीमा बढ्यो प्रतिफल, आधा दर्जनले लाभांश दिन नसक्ने

बैंकहरूको लगानीमा बढ्यो प्रतिफल, आधा दर्जनले लाभांश दिन नसक्ने

१७ कात्तिक, काठमाडौं । वाणिज्य बैंकहरूको सेयरधनीको पूँजीमा प्रतिफल (आरओई) २ प्रतिशत विन्दुले बढेको छ । चालु आर्थिक वर्ष पहिलो त्रैमासमा बैंकहरूको ब्याज आम्दानीसँगै गैरब्याज आम्दानीमा सुधार आएपछि आरओईमा सुधार आएको हो । चालु आव पहिलो त्रैमासमा …

#वाणिज्य #त्रैमास
Compare →
Hamro Patro News
1w ago
नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखा अन्तर्गतका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा...

#त्रैमास
Compare →

Related Stories

Business & Economy
Build #2611