९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित
काठमाडौँ — नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को ३२औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले कुनाल कयालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । संघको विधानबमोजिम संघका साधारण सदस्यमध्येबाट निर्वाचित अध्यक्षले ३ जना सदस्यलाई कार्य समितिमा मनोनित गर्ने व्यवस्था छ । निर्वाचित कार्यसमिति सदस्यहरु मध्येबाट २ जना उपाध्यक्ष, १ जना महासचिव र १ जना कोषाध्यक्ष मनोनित गर्र्नेछ । परराष्ट्रमन्त्री शिशिर खनालले साधारणसभाको उद्घाटन गरेको निक्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त अवसरमा मन्त्री खनालले नेपालको भारतसंगको पारस्परिक सम्बन्ध अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै दुईपक्षीय लगानी प्रबद्र्धन तथा नेपालको आर्थिक विकासमा पनि भारतीय लगानी, प्रबिधि, ज्ञान, शीपको भूमिका महत्वपूर्ण नै रहेको जनाए ।
संघका निवर्तमान अध्यक्ष सुनिल केसीले आप्mनो २ वर्षे कार्यकालमा नेपालको औद्योगिक वातावरणलाई थप सकारात्मक बनाउने, थप लगानीलाई सुनिश्चित गर्ने तथा नेपालको उर्जा एवं जनशक्ति बिकासको क्षेत्रमा दतेर काम गरेको बताए ।
भारतका लागि पूर्वनेपाली राजदूत शंकरप्रसाद शर्माले नेपाल–भारत बीचको आर्थिक सम्बन्धका विभिन्न आयामबारे चर्चा गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पनि नेपाल–भारत उद्योग वाणिज्य संघले यस्को स्थापनाकालदेखि जेजस्तो भूमिका नेपालको आर्थिक बिकासको लागि निभाउ“दै आएको छ त्यो अहिले पनि निरन्तर नै भई रहेको आफूले पाएको जनाए ।