Trending
Prev Story
Next Story

जुगल-२ हिमालमा पहिलो पटक स्पेनी आरोहीको सफल आरोहण

Nagarik News •
November 01, 2026 • 01:04 AM
1
1 reads 0 reactions

सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको छ हजार ५१८ मिटर अग्लो जुगल-२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ।

जुगल-२ हिमालमा पहिलो पटक स्पेनी आरोहीको सफल आरोहण

सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको छ हजार ५१८ मिटर अग्लो जुगल-२ हिमालमा पहिलो पटक सफल आरोहण भएको छ।

स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल-२ को सफल आरोहण गरेका हुन्। जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधार शिविर फर्किएको छ।

पहिलो आरोहणसँगै जुगल हिमशृङ्खलाका अन्य हिमालको आरोहणका लागि पनि सम्भावना बढेको तामाङले बताए। उनले यस सफलताले नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले चुनौतीपूर्ण मानिएको जुगल–२ को पहिलो आरोहण गर्न सफल स्पेनी टोलीलाई बधाई दिँदै यसले नेपालको हिमाली पर्यटन, विशेषगरी जुगल हिमशृङ्खलाको पहिचान अन्तर्राष्ट्रियस्तरमा थप स्थापित गर्ने बताए।

जुगल गाउँपालिकाले हिमाल आरोहण, पदमार्ग प्रवर्द्धन र पर्यटन पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेको छ। ‘गन्तव्य जुगल’ अभियानमार्फत हिमाल, पदमार्ग तथा धार्मिक र सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने गाउँपालिकाको लक्ष्य छ।

यसअघि २०७५ चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा छ हजार १२६ मिटर अग्लो ग्याल्चेन पिक र २०७७ कात्तिक ४ गते सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात सदस्यीय टोलीले छ हजार १८४ मिटर अग्लो जुगल–३ हिमालको आरोहण गरेका थिए। विदेशी पर्वतारोहीले २०८१ वैशाखमा पहिलोपटक जुगल–१ हिमालको सफल आरोहण गरेका थिए। रासस

प्रकाशित: १५ कार्तिक २०८३ ०६:४९ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
19h ago
हिउँले सजिएको जुगल हिमाल(तस्वीरहरू)

हिउँले सजिएको जुगल हिमाल(तस्वीरहरू)

२७ कात्तिक, काठमाडौं । राजधानी काठमाडौंबाट करिब १४० किलोमिटर उत्तरपूर्वमा अवस्थित जुगल हिमशृङ्खला प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिमाली गन्तव्य हो। सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा, नेपाल–चीन सीमाक्षेत्रसँगै फैलिएको यो हिमशृङ्खला काठमाडौंनजिकका आकर्षक हिमाली क्षेत्रमध्ये एक हो। हिउँले ढाकिएका …

#जुगल #हिमशृङ्खला #हिमाल
Compare →
Hamro Patro News
3d ago
हिमाल जोगाउन विश्वसँग नेपालको आग्रह, जलवायु परिवर्तनको असर अब सहेर बस्न नसकिने सन्देश!

हिमाल जोगाउन विश्वसँग नेपालको आग्रह, जलवायु परिवर्तनको असर अब सहेर बस्न नसकिने सन्देश!

काठमाडौं। जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित हुने देशमध्ये नेपाल पनि एक हो। हिमालमा बढ्दो तापक्रम, हिमनदी पग्लिने क्रम र प्राकृतिक विपद्को जोखिम बढ्दै जाँदा नेपालले अन्तर्राष्ट्रिय समुद...

#हिमाल
Compare →

Related Stories

World News
Build #2612