Trending
Prev Story
Next Story

धनकुटाको छथर जोरपाटीमा ३०७ वर्ष पुरानो निशान यात्रा र मौलो पूजा

Ekantipur •
October 20, 2026 • 10:40 PM
1
1 reads 0 reactions

धनकुटाको छथर जोरपाटीमा हरेक वर्ष महानवमीका दिन परम्परागत निशान यात्रा र मौलो पूजा गरिन्छ । यस अवसरमा पूजाआजासँगै दसैं मेला, रोटेपिङ र भलिबल प्रतियोगितासमेत सञ्चालन हुन्छन् ।

धनकुटाको छथर जोरपाटीमा ३०७ वर्ष पुरानो निशान यात्रा र मौलो पूजा

धनकुटाको छथर जोरपाटीमा हरेक वर्ष महानवमीका दिन परम्परागत निशान यात्रा र मौलो पूजा गरिन्छ । यस अवसरमा पूजाआजासँगै दसैं मेला, रोटेपिङ र भलिबल प्रतियोगितासमेत सञ्चालन हुन्छन् ।

धनकुटा — धनकुटाको छथर जोरपाटी गाउँपालिकामा ३०७ वर्ष पुरानो ऐतिहासिक निशान यात्रा तथा मौलो पूजा गरिएको छ। हरेक वर्ष बडादसैँको महानवमीका दिन गरिँदै आएको पूजामा ऐतिहासिक निशानको पूजाआजा गर्दै दुर्गा भवानीको आराधना गरिएको हो।

छथर जोरपाटी गाउँपालिका–३ स्थित काजीमानको बीचगाउँमा रहेको पोथी निशान र तीनघरे टोलमा रहेको भाले निशानलाई यात्रा गराउँदै मौलो डाँडामा ल्याएर पूजाआजा गर्ने परम्परा छ। यस वर्ष पनि पञ्चेबाजा र नौमती बाजासहित निशान यात्रा निकालिएको थियो। धनकुटा र तेह्रथुमका विभिन्न स्थानबाट आएका श्रद्धालुहरू निशान यात्रामा सहभागी हुँदै मौलो डाँडा पुगेका थिए।

स्थानीय सामाजिक अगुवा शेरबहादुर लिम्बुका अनुसार दुवै निशान सेनवंशी राजाहरूबाट विसं १७१९ मा प्राप्त भएको ऐतिहासिक मान्यता छ। पछि विसं १८१९ मा रणबहादुर शाहको पालामा निशान नवीकरण गरिएको सम्झनामा त्यस बेलादेखि नै पूजाआजा हुँदै आएको उनले बताए। स्थानीय परम्पराअनुसार यी निशानलाई खजुम चोङबाङ र पारघरी समुदायलाई स्थानीय शासन सञ्चालन तथा राजकाजको जिम्मेवारी दिइएको ऐतिहासिक प्रमाणका रूपमा लिने गरिएको छ।

निशानको पूजाआजा वंश परम्पराअनुसार खजुम चोङबाङ र पारघरी थरका पुजारीले पालैपालो गर्दै आएका छन्। शक्ति पूजाका रूपमा दुर्गा माताको आराधना गर्ने परम्परा रहेको लिम्बुले जानकारी दिए।

मौलो डाँडामा पूजाआजा गरेपछि राँगाको बलि दिने चलनसमेत छ। बलि चढाइएको राँगाको मासु प्रसादका रूपमा घरघरमा लगेर खाने परम्परा रहेको लिम्बुले बताए।

निशान यात्रा तथा मौलो पूजाको अवसरमा मौलो डाँडामा परम्परागत दसैँ मेला पनि लागेको छ। धनकुटा, तेह्रथुम र संखुवासभासम्मका मानिस मेला भर्न आएका छन्। मेलामा रोटेपिङको मनोरञ्जन लिनुका साथै भलिबल प्रतियोगितासमेत सञ्चालन भइरहेको छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
नेपाल सम्वत् ११४७ को स्वागतमा धनकुटामा सांस्कृतिक ऱ्याली

नेपाल सम्वत् ११४७ को स्वागतमा धनकुटामा सांस्कृतिक ऱ्याली

नेपाल सम्वत् ११४७ को स्वागतमा धनकुटामा सांस्कृतिक ऱ्याली नेपाल सम्वत् ११४७ को अवसरमा निकालिएको र्‍यालीले नेवारी कला, संस्कृति, परम्परा र मौलिक पहिचान नयाँ पुस्तासम्म पुर्‍याउने सन्देश दिएको छ। का...

#धनकुटा
Compare →
Onlinekhabar
3d ago
धनकुटामा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

धनकुटामा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

२४ कात्तिक, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. ९ लिसिम्बुमा कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गत राति अर्थात् सोमबार राति स्थानीय विष्णु घिसिङको घरमा जुवा खेलिरहेको …

#धनकुटा
Compare →

Related Stories

National (Nepal)
Build #2611