Trending
Prev Story
Next Story

पश्चिम एसियाली चेस प्रतियोगितामा ११ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

Nagarik News •
October 22, 2026 • 11:31 AM
2
2 reads 0 reactions

नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८ जनाको खेल टोलीलाई बिदाइ गरेका हुन्।

पश्चिम एसियाली चेस प्रतियोगितामा ११ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन्।

नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८ जनाको खेल टोलीलाई बिदाइ गरेका हुन्।

नेपाल बुद्धिचाल महासंघले केन्द्रीय सदस्य नीता सैंजुको नेतृत्वमा विभिन्न उमेर समूहका ११ खेलाडी, पाँच जना अभिभावक र निर्णायक गरी १८ सदस्यीय नेपाली टोली सहभागी भएको जनाएको छ।

प्रतियोगितामा नेपाली खेलाडी छात्रतर्फ युवा ८ सुनव ओझा, युवा १० शुभांग प्रधान, युवा १२ अग्रिम सैंजू, युवा १४ आयुष भण्डारी र प्रबिर केसीले प्रतिस्पर्धा गर्नेछन्।

यसैगरी छात्रातर्फ युवा १० अग्रता आचार्य, युवा १२ निहाना श्रेष्ठ, युवा १४ उज्जिवनी कँडेल, युवा १६ नेलिसा ओझाले प्रतिस्पर्धा गर्नेछन्।

नेपाली टोलीमा अभिभावक भावना अमात्य, सरस्वती पौडेल, सिन्दिरा जोशी, बन्दना खड्का र नबिना कुटुवाल तथा प्रबिश प्रजापति निर्णायकको भूमिकामा रहनेछन्।

पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप नेपाली युवा खेलाडीका लागि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा क्षेत्रीय प्रतिस्पर्धाबाट अनुभव हासिल गर्ने अवसरका रूपमा रहेको प्रवक्ता ताम्राकारले बताएका छन्।

प्रकाशित: ५ कार्तिक २०८३ १७:१६ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
12h ago
काठमाडौँलाई हराउँदै सुदूर पश्चिम प्ले अफमा प्रवेश

काठमाडौँलाई हराउँदै सुदूर पश्चिम प्ले अफमा प्रवेश

काठमाडौँ। सुुदुर पश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएर्ल) तेस्रो संस्करणको प्ले अफमा प्रवेश गरेको छ। सुदूर पश्चिमले शुक्रवार भएको खेलमा काठमाडौँ गुर्खाजलाई ७ रनले हराएको हो। विजयी सुदूरको सबै खे...

#पश्चिम
Compare →

Related Stories

National (Nepal)
Build #2612