दही, मोही र घ्यु राख्न प्रयोग हुने काठका ठेकीको चलन गाउँघरमा विस्तारै हराउँदै गएको छ । प्लास्टिक र धातुका भाँडाकुँडाको प्रयोग बढेसँगै काठका ठेकीको माग घटेको छ भने परम्परागत पेसामा लागेकाहरू विकल्प खोज्न थालेका छन् ।
बागलुङ — गाउँघरमा दही, मोही, घ्यु राख्नका लागि प्रयोग गरिने काठका ठेकीको उपयोग हुने गर्दछ । तर पछिल्लो समय प्लास्टिक र धातुका भाँडाकुँडा बढी प्रयोग हुन थालेपछि परम्परागत रूपमा उत्पादन गरिने काठका ठेकीको प्रयोग भने कम हुँदै गएको छ ।
जसकारण विगतमा अत्यधिक उत्पादन र बिक्री हुने बागलुङमा अहिले काठबाट बनेका ठेकीको माग निकै घटेको छ । जसले काठका ठेकी नै हराउने हुन् कि भन्ने चिन्ता छ । त्यसैले यो पेसामा लागेकाहरू पनि विकल्प खोज्न थालेका छन् ।
कान्तिपुर टेलिभिजनको भिडियो रिपोर्ट ।